गरुडा प्रहरीको एकपछि अर्को सफलता,हथियार सहित एक जना लाइ गर्यो पक्राउ


रौतहट । जेष्ठ ३२
रौतहटमा कटुवा पेस्तौल र २ थान गोली सहित १ जना लाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नम्बर ८ जयराजपुर बस्ने हुसेनी अंसारीको छोरा वर्ष ४० को कर्मुल्लाह अंसारी रहेको इलाका प्रहरी कार्यालय गरुडा ले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । पक्राउ परेका अंसारी को साथ बाट कटुवा पेस्तौल १ थान,त्यसमा लाग्ने ७.६२ एमएमको लाइफ गोली राउण्ड २ थान बरामद भएको र घटनाको बारेमा अनुसंधान कार्य भइरहेको इप्रका गरुडाका डिएसपी ज्ञान कुमार महतोले जानकारी गराए । दिउँसो करिब ३ बजेर ३० मिनेटको समयमा विशेष सुचनाको आधारमा इप्रका गरुडा रौतहट बाट गएको प्रहरीको टोलीले गुजरा नपा वडा नम्बर ८ जयराजपुर तर्फ बाट बृन्दावन नपा ६ हर्षाहा तर्फ पैदल आउँदै गरेको अवस्थामा पक्रेको हो । बागमती सिंचाइ नहरमा चेक प्वाइन्ट राखि चेक जाँच गर्ने क्रममा उत व्यती प्रहरी टोली लाइ देखि भाग्न खोज्दा निज लाइ नियन्त्रणमा लिएको डिएसपी महतोले बताए ।