नारायणी अस्पतालमा पिसिआर ल्याबबाट परिक्षण शुरु

पर्सा, २३ बैशाख । बीरगंजको नारायणी अस्पतालमा मंगलवारदेखी कोरोना संक्रमित विरामीको परीक्षणका लागि पिसिआर ल्याबबाट नमुना परीक्षण सुरु भएको छ । अस्पतालमा जडान भएको पिसिआर ल्याबबाट आज पहिलो चरणमा १६ जनाको स्वाबको परिक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए । नारायणी उपक्षेत्रीय अस्पतालमा पहिलो पटक गरिएको पिसिआर परिक्षण रिपोर्ट सहित १६ जनाको स्वाब पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको र टेकुको रिपोर्टसँग वीरगंजको रिपोर्ट मिल्छ मिल्दैन त्यो हेरेपछि मात्रै ल्याबको परिक्षण सार्वजनिक गरिने डा.उपाध्यायले बताए । यस अघि सरकारले देशका विभिन्न १८ स्थानमा पिआर ल्याब सञ्चालनमा ल्याएको छ । आजबाट बीरगंजमा ल्याब संचालनमा आएसँगै अब वारा, पर्सा, रौतहटका कोरोना संक्रमित भएको आशंकामा गरिने स्वाब परिक्षण सहज हुने भएको छ । वीरगंजमा संचालनमा आएको पिसिआर ल्याबबाट एक पटकमा ३० जनाको स्वाब परिक्षण गर्न सकिने र एक दिनमा १ सय २० जना सम्मको रिपोर्ट आउने डा.उपाध्यायले जनाए ।