समाजिक विषयको परीक्षा रद्द, रौतहटमा आन्दोलित बिधार्थी र प्रहरी बिच झडप

816

रौतहट, १५ चैत । एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ ।

बिहीबार रातिदेखि नै सामाजिक बिषयको प्रश्नपत्र आउट भएपछि सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो । प्रदेश २ मा एसईई परीक्षा अन्तर्गत आज हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरिएपछि परीक्षा स्थगित गर्दा परीक्षार्थीहरु आन्दोलित बनेका छन् ।

परीक्षा केन्द्रमा पुग्दा परीक्षार्थीहरुले परीक्षा रद्द भएको सूचना पाएपछि आक्रोसित बनेका हुन् । गौर स्थित मधेशी क्रान्ति चौकमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् । दशौ बर्षको मेहन्त माथी यसरी सरकारले खेलवाड गरि देशको कर्ण आधार विधार्थीहरुको जीवनस्तरमा ठूलो बाध्य पुर्याउन खोजिरहेको छ ।

टायर बालेर आन्दोन गरिरहेको क्रममा जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरीले बलिरहेको टायर निभाउन खोज्दा विधार्थीहरुसँग झडप समेत भएको छ । केन्द्र सरकार मुर्दावाद, शिक्षामन्त्री मुर्दावाद, प्रश्नपत्र आउट गर्नेलाई कडा कारबाही गर, विद्यार्थीको भविष्यसंग खेलवाड नगर जस्ता नारा लगाउँदै प्रदर्शन गरिएको छ । परीक्षार्थीहरुले शिक्षामन्त्री गिरी राजमणी पोखरेलको राजीनामा समेत मागेका छन् । सदरमुकाम गौरमा आन्दोलित बिधार्थीहरुले आन्दोलन गर्दै पुरै बजार भरि नारा जुलुस गरेका छन ।

सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले साढे ७ बजे प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न पत्र आउट भएको पुष्टि गरेको छ ।

कार्यालयका उप नियन्त्रक चेतनाथ शर्माले प्रश्न पत्र आउट भएको पुष्टि पछि प्रदेश २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिए । उनले भने, सामाजिक सञ्जालमा रातिदेखि नै प्रश्नपत्र आउट भएको पोष्टहरु भाइरल भएको थियो । हामीले आजको परीक्षा रद्द गरेका छौं ।

आन्दोलनमा समाजवादी विधार्थी फोरम नेपालका नेता प्रकाश भाई मधेशी, ललन यादव, राजप नेपालका शितान्सु सिंह, ओमप्रकाश साह मधेशीया लगायत दर्जनौ विधार्थीहरुको उपस्थित रहेको थियो ।