मृत्क रामको हत्यामा पक्राउ परेका एक जनाको मृत्यु

सागर संगम । रौतहट । भदौ ११ गते
रौतहट दलित युवक हत्या कान्ड प्रकरण,हिरासतमा रौतहटका निरन्जन राम हत्या अभियोगमा पक्राउ परेका विजय महराले अस्पतालमै दम तोडेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा यातना दिएको भनिएको रामको गएराती उपचारको क्रममा मृत्यू भएको हो । निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका सात अभियुक्त मध्ये बिजय रामको उपचारको क्रममा नेशनल मेडिकल बिरगंजमा गएराती मृत्यु भएको जनाइएको छ । दुबै मृगौला फेल भई ईलाजको क्रममा निधन भएको ईलाका प्रहरी कार्यालय गरूडाका डिएपि ज्ञान कुमार महतोले बताउनु भएको छ । रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगडिया बस्ने बिजय राम चमारलाई प्रहरीले अत्यधिक कुटपिट आरोप लगाइएको छ । यता प्रहरीले सो आरोप निराधार रहेको भनी अस्वीकार गरिदिएको छ । स्मरणीय होस् गत साउन ३१ गते सोही स्थान बस्ने २० बर्षिय निरन्जन रामको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले २० बर्षिय अजय कुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र राम, १९ बर्षिय विजय महरा सहित सात जना मिलेर हत्या गरेको आरोपमा पक्राउ गरेको थियो । उनीहरू माथि सार्वजनिक गरी ज्यान सम्बन्धी कसुरमा भदौं १ गते सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो ।