सरमुजवाका राजमिस्त्री दासलाई करेन्ट लागेर बारामा मृत्यु

सागर संगम । रौतहट । भदौ ११
रौतहट जिल्लाको बौधीमाई नगरपालिकाका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ९ सरमुजवाका राजमिस्त्रीको काम गर्ने एक जनाको ज्यान गएको हो । स्थानीय गणेश दास तत्माका ३५ वर्षीय छोरा रुपन दासको आज बिहान १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका ईन्सपेकटर सुरेन्द्र तमांगले जानकारी गराउनु भएको हो । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका को वडा नम्बर ८ कचोर्वामा स्थानीय रामेश्वर साहको घर बनाउने क्रममा काम गरिरहेको अवस्थामा करेन्ट लागेर मृत्युु भएको प्रहरीले जानकारी गराईएको हो । शवको पोष्टमार्टम गरि आफन्त जनलाई बुझाईएको प्रहरीले जनाएको हो । मृत्क दासको असमायिक निधनप्रति नेकपा प्रदेश २ कमिटि सदस्य तथा बौधिमाई नगरपालिकाका मेयर प्रत्यासी एवम् गुजरामाई एफएमका अध्यक्ष त्रिभुवन साह उर्फ अमरजीले घटना प्रति दुःख व्यत्त गर्दै यो खबरले मर्माहत बनाएको बताउनु भएको छ । वहाँले मृतक रुपन दासप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै साथै शोक सन्तप्त परिवारजनमा सम्वेदना व्यक्त व्यत गर्नु भएको छ ।