बारामा बन्दुक सहित एक जना पक्राउ

बारा, बैशाख १८ गते । बारा जिल्लामा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नम्बर ३ सिरपुरा टोल निवासी ३५ बर्षे मनोज राय नेटुवा रहेका छन् । स्थानीय बजार सिरपुरामा बुधबार राती पौने ८ बजे हिलडुलगरि रहेका नेटुवा माथि शंका लागेर बारागढी प्रहरी चौकीका गस्ती टोलीले चेकजाच गर्दा कम्मरमा नलकटुवा बन्दुक लुकाएर राखेको अवस्थामा बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । पक्राउ परेका नेटुवालाई आवश्यक कारवाहीको लागि बिहिबार बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान प्रकृया अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ ।