चन्द्रपुर नपामा १ सय ४३ जनालाई डिगनीटी किट सहयोग

रौतहट । असोज ०६ गते
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा आज मंगलवार स्वस्च्छता सामाग्री बितरण गरीएको छ ।
अक्सफाम नेपालको सहयोग र आरडिसी नेपालको आयोजनामा सो समग्री वितरण गरिएको हो ।
चन्द्रपुर नपा वडा नम्बर ४ मा एक सय र चन्द्रपुर वडा नम्बर १ मंगलपुरमा ४३ जनालार्इ हाइजीन तथा डिगनीटी किट सहयोग गरेको आरडिसी नेपाल का कार्यक्रम संयोजक बिजय साह बनियाले जानकारी दिएका हुन् ।

आज एक कार्यक्रमका बिच तौलिया, साबुन, नेलकटर, ब्रस, तुथपेष्ट , कपडा सुकाउने डोरी लगाएका समाग्रीहरु बितरण गरीएको हो ।

आरडिसी नेपाल का अध्यक्ष पारस हुसैन ले स्वच्छता सामाग्री हस्तान्तरण गरेका थिए । सो बितरण कार्यक्रम को अवसरमा रौतहटका सिडियो इन्द्रदेव यादव , चन्द्रपुरका मेयर रामचन्द्र चौधरी, उपमेयर रामरती चौधरी, लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कोराना भाइरस बाट बाच्नका लागि स्वस्छता सामाग्री अति आवश्यक परेका हरुलाइ बितरण गरेको आरडीसी नेपालका अध्यक्ष हुसैनले जानकारी गराउनु भएको छ ।