बौधिमाईमा व्यक्तिगत घटना दर्ता सहितका बिषयमा अन्तरक्रिया सम्पन्न

रौतहट । असोज ०६ गते

रौतहटको बौधीमाई नगरपालिकामा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्तर्गत सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बौधिमार्इ नगरपालिकाका मेयर राजीव रञ्जन यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सेवा इकाई केन्द्र सरमुजवा रौतहटको आयोजनामा सो कार्यक्रम भएको पञ्जीकरण शाखाले जानकारी गराईएको हो । सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणालीमा सुदृढीकरण गरि सो घटनाहरुको अभिलेखहरु दिर्घकालिन रुपमा राख्नको लागी सो कार्यक्रम गरिएको अधिकांस सहभागीहरुले बताएका थिए । केही समयपछि सोही बिवरण खोज्दा समयमा नै उपलब्ध नहुने हुदा ति अभिलेखहरुलाई व्यवस्थीत गर्नको लागी प्रणालीमा सुदृढीकरण गर्नु पर्ने औल्याइएको थियो । यस अवसरमा नगर प्रमुख राजीव रंजन यादव , निम्ति प्रमुख प्रशासकिय अधिकृत रामईश्वर राय यादव ,वडा नम्बर २ का वडाध्यक्ष रामबाबु कुशवाहा, वडा नम्बर ३ का वडाध्यक्ष श्रीभगवान पटेल सहितका वडाध्यक्षहरू तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको बौधिमाई नगरपालिकाले जानकारी गराएको हो ।