काठमाडौं । अब ग्राहकले आफ्नो मोबाइलबाट घर तथा अफिसमा बसेर बिजुलिको बिल तिर्न सक्ने भएका छन् । नेपाल विद्युत प्राधिकरणले शक्रबार ‘एनइए मोबाइल एप’ सार्वजनिक गरेसँगै मोबाइलबाट पैसा तिर्न सकिने भएको हो ।
प्राधिकरणका अनुसार गुगल प्ले स्टोरबाट उत्त एप डाउन्लोड गरेर प्रयोगकर्ताको नाम र नम्बर राखेर एप प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले आफूले पैसा तिर्नु पर्ने शाखाको नाम छनोट गर्नु पर्ने बताइएको छ ।
त्यसबाहेक गुनासो र सल्लाह सुझाव पनि एनिइए मोबाइल एप बाट राख्न सकिनेछ । साथै सवारी साधन चार्ज गर्नको लागि पनि नजिकैको चार्जिङ स्टेसन हेर्न र चार्जर बुक गर्न सकिने प्राधिकरणले जनाएको छ ।सभार कैपिटल नेपाल