सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अख्तियारको पूर्व आयुक्त बस्यालको सम्पत्ति रोक्का

काठमाण्डौं, १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उहाँको सम्पत्ति रोक्का गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफैं गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको सम्भवत यो पहिलो घटना हो । विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्ने गरी बस्न्यात, उहाँका नातेदार तथा व्यावसायिक साझेदारहरुमाथि छानबिन गरिरहेको छ । सम्पत्ति स्थानान्तरणको सम्भावना देखिएपछि उहाँको घरजग्गा, बैंकको मौज्दात तथा अन्य सम्पत्तिको कारोबार रोक्का राख्न सरोकारवाला सरकारी निकायलाई पत्राचार भइसकेको छ ।