व्यापार संघको महिला उद्यमी समिति संयोजकमा रिजाल

780

हिला उद्यमीहरुको क्षमता अभिवृद्धि, व्यक्तिगत विकास, आत्मनिर्भरता लगायतका क्षेत्रमा काम गर्ने उद्देश्यसहित मोरङ व्यापार संघले महिला उद्यमी समिति गठन गरेको छ ।

संघले मलिका रिजालको संयोजकत्वमा ९ सदस्यीय समिति मनोनयन गरेको हो ।

महिलाहरुलाई व्यवसायीक क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउने मुख्य उद्देश्यसहित स्थापना गरिएको उद्यमी समितिको सदस्यहरुमा नम्रता रिजाल, रेखा राठी, अपर्णा सारडा, साधना झा, सुनिता अग्रवाल, श्रृती शर्मा, जीना श्रेष्ठ र जीना कार्की रहेका छन् । बुधबार व्यापार संघका महासचिव नविन रिजालले विज्ञप्ति जारी गर्दै नयाँ कमिटि मनोनयन गरिएको जानकारी दिएका हुन् ।

समितिले महिलाहरुलाई व्यवसायीक बनाउनुका साथै सीप, क्षमता तथा आत्मविश्वास बढाउने उद्देश्यसहित गतिविधिहरु सञ्चालन गर्ने संयोजक रिजालले बताइन् । ‘समाजले महिलाहरुलाई आजपनि दोस्रो दर्जाको रुपमा व्याख्या गर्छ । महिलाहरुले केही गर्न सक्दैनन् भनिन्छ ।’ संयोजक रिजालले भनिन्, ‘महिलाहरु पनि सक्षम छन्, उनीहरु व्यवसायीक बन्न सक्छन् र परिवारमा आयआर्जन वृद्धि गर्न सक्छन् भन्ने सोचको विकास गराउन हामी फिल्डमा काम गर्छौं ।’