सडकको मर्मत नहुँदा सामान्य बर्षा भएपछि आवत जावतमा ठुलो कठिनाइ


रौहतट । जेष्ठ ३२
करोडौं करोडको बार्षिक बजेट सञ्चालनहुने रौतहटको गुजरा नगरपालिकामा जंगलसैया देखी बनबलुवा जाने सडकको मर्मत नहुँदा स्थानियलाई शास्ती खेप्नुु परेको छ ।
गुजरा नगरपालिका ४ पशुुपतीटोल बाट बलुवा जाने मुख्य सडकमा नगरपालिकाले मर्मत नगरेको कारण सामान्य बर्षा हुँदा आवत जावतमा ठुलो कठिनाई भएको हो ।
पशुुपतीटोल र बलुवाबासीलाई छिटो आउन जान संघिय सांसद प्रभु साहको पहलमा गतबर्ष उक्त बाटोलाई फराकिलो बनाईएको थियो ।
दुबैगाँउ बासीका लागी लाईफ लाईन सरह उक्त बाटोमा ग्रेभल राख्न तथा मर्मत गर्न पटक पटक गुजराका मेयर सन्तलाल चौधरी
तथा अर्का नेता बदरुदिन अंसारीलाई पटक पटक आग्रह गर्दा मात्र आश्वासन दिने तर हालसम्म मर्मत नगरेको नेकपाका एकजना नेता हरीबंस मैनालीले गुनासो गरेका छन ।
बागमती सिचाई आयोजनाको पकेटक्षेत्रमा रहेका उक्त बाटोलाई मर्मत गर्न,आयोजना,प्रदेश तथा संघिय सरकारले समेत बेवास्ता गरेको नेता मैनालीले बताएका छन ।
बर्षा सुुरुभएपछी हिलामय हुने उक्त बाटोमा असार पछी पशुपती टोल बाट मात्र १ किलोमिटर टाढा रहेको बलुवागाँउ जान झण्डै आठ १० किलोमिटर घुुम्नुपर्ने बाध्यता हुने स्थानियहरुले गुनासो गरेका छन ।