बीरगंजमा फेरी थपिए ५३ कोरोना संक्रमित

बारा, साउन १५ गते । नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गएराति गरिएको पिसीआर परीक्षणको क्रममा चिकित्सक स्वास्थ्यकर्मी, नेपाली सेना सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १५ जना महिला रहेका छन् । पिसीआर परीक्षणको क्रममा नारायणी अस्पतालको क्वार्टरमा बस्दै आएका ११ जना स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित देखिएका छन् । अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए । तीन वर्षदेखि ६० वर्ष उमेरसमूहका १५ महिला, वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको ब्यारेकका थप दुई जवानसहित ५३ जना नयाँ संक्रमित थपिएको मेडीकल सुपरीटेण्डेन्ट उपाध्यायले बताए । नयाँ संक्रमित ५३जना मध्ये २ जना बाराको जितपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी रहेको पुष्टि भएको छ । त्यसैगरी पर्साको छिपहरमाई गाउँपालिका, टिहुकीका एक र पटेर्वासुगौली गाउपालीका वाडा नम्बर ५ का तीन जना संक्रमित भएकाछन् । नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा हाल ६२ जनाको आईशोलेशनमा उपचार भईरहेको र अस्पतालमा बेडको अभाव हुदा झण्डै १ सय भन्दाबढि संक्रमितहरु घरमै होम आईशोलेशनमा बस्न बाध्य भएका छन् ।