मौलापुर वितरण केन्द्र बाट १९ हजार ग्राहक विधुत उपभोग गर्दै

रौतहट । भदौ २३ गते
नेपाल विधुत प्राधिकरणको कार्यालय मौलापुर वितरण केन्द्रको प्रमुखको रुपमा शक्ति साह आएपछि राजस्व संकलनमा दोब्बरले वृद्धि भएको छ ।
शक्ति साह मौलापुर वितरण केन्द्रको प्रमुखको जिम्मेवारी सम्हालेदेखी राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ ।
साह गत माघ महिनादेखी मौलापुर वितरण केन्द्रको प्रमुखको रुपमा कार्यरत रहेका छन ।
माघ महिना भन्दा पहिले यस कार्यालयले प्रति महिना ४० देखी ५० लाखको हाराहारीमा मात्रै विधुत महसुल उठाउने गर्थो तर शक्ति साह कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेदेखी हालसम्म प्रति महिना एक करोडको हाराहारीमा राजस्व संकलन भइरहेको देखिएको छ ।
मौलापुर वितरण केन्द्रबाट मौलापुर, कटहरिया, देवाही गोनाही, फतुवा विजयपुर र बौधीमाइ नगरपालिकाको पुरै वडामा विधुत सप्लाई भएको छ ।
यी पाँच वटा नगरपालिकामा प्रति महिना एक करोड ४० लाख रुपैया बरावरको विधुत खप्त भइरहेको मौलापुर वितरण केन्द्रका प्रमुख शक्ति साहले बताएका छन ।
यस वितरण केन्द्रबाट कुल १९ हजार ग्राहक विधुत सेवा उपभोग गरिरहेको र पछिलो ८ महिनामा ३३ वटा ट्रन्स्फर्मर जडान गरिएको कार्यालय प्रमुख साहले बताए ।
त्यस्तै आफु कार्यालयको प्रमुखको रुपमा आएपछि पहिला पहिला ४० प्रतिशतसम्म हुँदै गरेको विधुत चुहावट अहिले २० प्रतिशतमा झरेको समेत उनले बताए ।
त्यस्तै पहिला पहिला मिटरको लागि आवेदन दिएपछि ग्राहकलाई मिटर लिन महिनौ दिनसम्म कुर्नु पर्दथ्यो तर अहिले त्यसको लागि त्यती लामो दिनसम्म कुर्नु पर्ने समस्याबाट ग्राहकले छुटकारा पाएका छन ।
आफुले मिटरका लागि ग्राहकलाई महिनौ दिनसम्म कुर्नुपर्ने बाध्यातालाई अन्त्य गर्दै ग्राहकले आवेदन दिने वितिकै एक दिनमै मिटर दिने व्यवस्था मिलाएको कार्यालय प्रमुख साहले बताए ।
पछिलो ६ महिना भित्रमा २ हजार मिटर वितरण गरिएको समेत उनले बताए ।
त्यस्तै हुकिंग गरी विधुत चोरी गर्नेहरुलाई अबदेखी यस्तो नगर्ने शर्तमा एक चोटीका लागि सम्झाइ बुझाइ गरेर छोडेको र त्यही व्यक्ति अब विधुत चोरी गरेको पाइएमा कडा कार्यवाही गर्ने उनले बताए ।
त्यस्तै अधिकांश वडाहरुमा विच सडकमै रहेको पोलहरुलाई व्यवस्थित ठाउँमा गाडने काम देखी लिएर विधुत चुहावट कम गर्ने लगाएतका काम तादरुकताका साथ गरिरहेको उनले बताए ।