रौतहट । जेष्ठ ३२
रौतहटमा ट्याक्टरले खेतजोत्ने क्रममा रोटाभेटरले चेपिएर एकजना बालकको मृत्युु भएको छ । स्थानिय मौलापुर नगरपालिका २ का ट्याक्टर साहु सम्भु राय यादवको भतिज ९ बर्षिय पवन यादवको रोटाभेटरले चेपिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ना५त ६६६८ नम्बरको ट्याक्टरले साहु सम्भु राय यादवको नाम न खुलेका छोराले आफनै खेत जोत्नेक्रममा सोही ट्याक्टरमा बसीरहेका पवन कुमार यादव तल खसेका थिए ।
गुुडीरहेको ट्याक्टर बाट तलखस्दा ९ बर्षिय बालकको रोटाभेटरले चेपिएर शरीरको बिभिन्न भागमा घाउखत समेत लागेर घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठ ले जानकारी दिएका छन ।
घटनालगतै चालक फरार भएको र मृतक बालकलाई घर लगेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मौलापुर बाट गएको टोलीले ट्याक्टर रोटाभेटर नियन्त्रणमा लिएको थियो ।
मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गौर पठाईएको घटनाबारे अनुसंधान भईरहेको तथा फरार चालकको खोजी भईरहेको जिल्ला अस्पताल गौरले जनाएको छ ।