नदीमा नुहाउन गएका एक जना बालक बेपता, बालबालिका लाई निगरानी गर्न प्रहरीको अनुरोध

रौतहट । अषाढ ०२
रौतहटको कटहरिया नगरपालिका ९ डुमरिया गाउँ छेउमा रहेको तरहारी झांझ नदिमा एकजना बालक बेपत्ता भएको छ । तिनजनाको समुहमा नुहाउन गएका मध्ये एकजना बालकलाई पानीले बगाउँदा बेपत्ता भएको हो । नुहाउने क्रममा स्थानीय मुकेश पाश्वानको १० बर्षिय छोरा सुरज पाश्वान नदिमा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताएका छन । संगै नुहाउन गएका तिनजना बालक मंगलबार दिउँसो झांझ नदिमा बेपत्ता भएका थिए । लगत्तै स्थानीय र प्रहरीको टोलिले २ जलालाई सकुशल उद्घार गरेको र एकजना सुरज पाश्वान बेपत्ता भएको डिएसपी महतोले जानकारी दिएका छन । बेपत्ता बालकको खोजी भैइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही दिनदेखि वर्षा संगै नदि खोलामा पटकपटक बाढी समेत आउन सुरुभएको छ । विभिन्न स्थानीय तह द्वारा बिकास निर्माण गर्दा ठाउँ ठाउँमा खाल्डाखुल्डी भएकाले आआफ्नो बालबालिका लाई निगरानी गर्न र कुनै अप्रिय हुन नदिन जिल्ला प्रहरी कार्यालय रौतहटले एक सूचना जारी गर्दै जिल्ला बासिलाई आग्रह गरेको छ ।