परोहा नपाको आइसोलेसन बाट ६० जना कोरोना जितेर फर्केे घर


आरके श्रीवास्तव । रौतहट । असाढ ०२ गते
परोहा नगरपालिकाको आईसोलेशनमा बसेका १ सय ३१ जनामध्ये आज ६० जनामा गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ । उनीहरू भारतको विभिन्न शहरबाट फर्किएर नगरपालिकाले निर्माण गरेका आईसोलेशनमा बसेका थिए ।
परोहा नगरपालिकाका मेयर तथा प्रदेश नं २ को नेपाल नगरपालिका संघका सभापति शेख वकिलका अनुसार नगरभरिमा १४ वटा क्वारेन्टाईन निर्माण गरिएको थियो । छिमेकी देश भारतमा रोजगारीको शिलशिलामा गएको नगरबासीहरु कोभिड १९ नोबेल कोरोना भाईरसले गर्दा घरर्फकन थालेपछि आउनेको संख्यामा धेरै बृद्धि हुन थालेकोले संक्रमित बढने डरले प्रत्येक वडामा छुटाछुटै व्यवस्तिथि क्वारेन्टाईनको निर्माण गरी १५ सय व्यक्तिलाई राखिएको थियो ।
उनीहरु सबैको आरडीटी तथा पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो । पछिल्लो समय आरडीटी तथा परीक्षणमा देखिएको १ सय ३१ संक्रमितको लागि नगरभित्र रहेको श्री ब्रहम ज्योति माध्यमिक विधालय लौकाहामै आईसोलेशन तयार गरी राखिएको थियो ।
१ सय १० जनाको पिसिआर गरी परिक्षणको लागि लगिएको मध्ये आज ६० जनाको ‘कोरोना रिपोर्ट नेगेटिभ आएपछि हामीले आईसोलेशनमा बसेका मान्छेलाई आफनो घरभित्र होम क्वारेन्टाईन बनाएर १० दिन सम्म बस्ने शर्तमा घर पठाएको मेयर शेख वकिलले बताएका छन । पहिलो चरणमा क्वारेन्टाईनमा बसेकाहरुको रिपोर्ट निगेटिभ आएपछि लगभग १२ सय भन्दा बढी घर गएका छन्,भने बाँकी ८८ जना मध्ये १० जनाको पनि केही बेर अघि रिपोर्ट निगेटिभ आएको हुनाले अब ६७ जनाको रिपोर्ट आउन मात्र बाँकी रहेको छ । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टान र आईसोलेशनमा बसेका नागरिकलाई घर पठाउन थालिएसँगै नगरभित्रमा निर्माण गरिएका क्वारेन्टान खाली हुन थालेका उहाँले बताएका हुन ।
आईसोलेशनमा बसेका व्यतिहरुलाई बिहानै दुई वटा अण्डा, चिया, बिस्कुट, १० बजे पौष्टिक खाना अनि खाजामा ५०० ग्राम दुध र रातिमा मासु, भात, दाल, हरियो तरकारी र साग खुवाउने कार्य सधै आफनै निगरानीमा गर्दै आईरहेको मेयर शेख वकिलले बताएका छन ।