आरके श्रीवास्तव । रौतहट । अषाढ १० गते
मौलापुर नगरपालिकाका प्रशासकिय अधिकृत सिकिन्द्र साहले कुल ३५करोड,२८लाख,२३हजार ५ सय ९० रुपैयाको बार्षिक बजेट वक्तब्य प्रस्तुत गरेका छन ।
मौलापुरको चौथो नगरसभाले कोरोना भाईरस महमारीबाट नागरिक लाई जिवनरक्षा गर्दै सामाजिक न्यायसहित पुर्वाधार विकासमा जोड दिएको छ ।
मौलापुरले कृषी,पशुपंक्षी,मत्सय,भुमी ब्यवस्था तथा सहकारी,पर्यटन तथा संस्कृती,उधोग बाणिज्य तथा बितिय सामाजिक विकासलाई बिषेश प्राथमिक्तामा राखेको छ ।
त्यसैगरी स्वास्थ्य,खानेपानी तथा सरसफाई,लैंिगक समानता तथा समावेसीकरण,पुर्वाधार विकास,सिचाई तथा नदी नियन्त्रण,भवन तथा शहरी विकास,संचार,उर्जा,बाताबरण तथा बिपद ब्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह,बितिय ब्यवस्थापन,सुशासनलाई समेत प्राथमिक्तामा राखेको मौलापुर नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकमा उलेख रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभु साहले पानसमा बती बालेर नगरसभाको उदघाटन गरेका थिए ।
कार्यक्रममा सांसद साहका साथै प्रदेश सांसद कुन्दन कुश्वाहा, नगर प्रमुख रिनाकुमारी साह,उपप्रमुख गौरीशंकर जयसवाल लगायतकाले कोरोना भाईरस जस्ता महामारीको संकटको समय प्रदेश सरकारले अपेक्षा अनुसार सहयोग गर्न नसकेको बताएका थिए ।
गत आर्थिक बर्षको जस्तै मौलापुरका किसानलाई सिचाईको लागी निशुल्क पानी ,उन्नत जातको बिउ कार्यक्रमलाई अगामी आर्थिक बर्षमा पनी निरन्तरता दिएको नगरप्रमुख रिनाकुमारी साहले बताएका थिए ।
Home मुख्य समाचार मौलापुरको बार्षिक बजेट,किसानलाई निशुल्क पानी र बिउ कार्यक्रमलाई निरन्तरता,सांसद साह द्धारा उदघाटन