रौतहटमा १० स्थानिय तहको बजेट प्रस्तुत, ८ वटा को बाँकी

आरके श्रीवास्तव । रौतहट । अषाढ १० गते
रौतहट स्थित १० वटा स्थानियतहको बुधवार एकैदिन नगरसभा सम्पन्न भएको छ । जिल्लाको १८ स्थानिय तहमध्ये ८ नगरपालिका र २ गाँउपालिका गरी १० वटा स्थानियतहको बार्षिक निति तथा कार्यक्रम र बजेट बक्तब्य प्रस्तुत भएको हो । जिल्लाको मौलापुर,गौर,चन्द्रपुर, राजपुर,परोहा,गढीमाई,बृन्दाबन,माधवनारायण नगरपालिका को नगरसभा छुुटाछुटै कार्यक्रमका बिच सम्पन्न भएको छ । त्यसैगरी दुुर्गाभगवती र यमुनामाई गाउपालिकाको पनी बुधवार नै गाँउसभा सम्पन्न भएको जिल्ला समन्वय समितिका उपसभापती रामबशिष्ट यादवले बताएका छन ।
उता मौलापुर बाहेक जिल्ला बुधवार नगरसभा सम्पन्न ९ स्थानिय तहले पनी कोरोना भाईरस प्रभावलाई दृष्टीगत गर्दै आआफनो बार्षिक बजेट प्रस्तुत गरेको छ ।
बुधवार सम्पन्न नगरसभाको उदघाटनसत्र पछी बन्दसत्र भने कसैको भोली र कुनैको पर्सी अर्थात शुक्रवार देखी सुरुहुने जनाईएको छ ।
जिल्लाको कटहरिया,फतुवा बिजयपुर,गुजरा,बौधीमाई देवाही गोनाही लगायत ८ वटा नगरपालिकाको नगरसभा हुन बाँकी रहेको छ ।