रौतहट । आषाढ ३० गते
यमुनामाइ गाँउपालिका द्वारा गर्भवती तथा सुत्केरीहरु लाइ पौष्टिक खाद्यान्न बितरण गरिएको छ । गाँउपालिकाका को वडा नं १ र ५ का २२० गर्भवती तथा सुत्केरीहरुलाइ पौष्टिक खाद्यान्न बितरण गरिएको थियो । गाँउपालिका भित्रका कुल ५५० गर्भवती तथा सुत्केरी महिलाहरुलाइ युनिसेफको सहयोगमा पौष्टिक आहार सहयोग गरिने उद्देश्यका साथ संचालन गरीएको बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत उतm सामाग्रीहरु वितरण गरिएको हो । बितरण कार्यक्रममा प्रति लाभान्वित व्यतmी लाइ १० केजी चामल, २ केजी दाल, २ केजी पिठो, ४ वटा डिटल साबुन, हर्लीक्स ५०० ग्राम, १ केजी नुन ,१ लिटर खानेतेल, २ पाकेट प्याड, १ मिनिकिट तरकारीको बीउ सहयोग गरिएको यमुनामाइ गाँउपालिका का रोजगार संयोजक राम अधार यादवले जानकारी गराउनु भएको हो ।