२३ जनाले गरे रक्तदान

हेटौंडा–नेपाल ट्रेड युनियन काँग्रेसले मंगलबार हेटौंडामा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रगत दिएका छन् ।

१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन काङ्ग्रेस मकवानपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियन काङ्ग्रेस मकवानपुरका संस्थापक अध्यक्ष माइकल रामचन्द्र अर्यालको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सदस्य एवमम् मजदुर बिभाग प्रमुख हरि वाग्ले, ३ नम्बर क्षेत्रीय सभापति ताराप्रसाद चौलागाईं, क्षेत्रीय उपाध्यक्ष ट्रेड युनियन काङ्ग्रेसका कुमार पौडेल, बिन्दुकुमार लामा, नेपाल महिला संघका अध्यक्ष लक्ष्मी श्रेष्ठ ट्रेड युनियन काङ्ग्रेस मकवानपुर उपाध्यक्षद्धय तारा कार्की, शर्मिला श्रेष्ठ सहसचिव मुना पाठक कठायत तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरीलगायतको उपस्थिति रहेको थियो ।