नेकपाका अध्यक्ष प्रचण्डले संबिधानसभाले अस्वीकार गरी चिहानमा पुर्याएको मुद्दालाई फेरि अघि बढाउनु भए

काठमाडौं, कात्तिक ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संबिधानसभाले अस्वीकार गरी चिहानमा पुर्याएको मुद्दालाई फेरि ब्यूताउनु भएको छ ।

नेकपा कर्णालीको बिवादको आवरणमा एकल निर्देशन पठाउँदै अध्यक्ष प्रचण्डले आत्मनिर्णयको अधिकारसहितको संघीयता भन्दै चिहानमा पुगिसकेको योजनालाई अघि बढाउनु भएको हो । अध्यक्ष प्रचण्डले नेकपा कर्णाली प्रदेशका इञ्चार्जसमेत रहनुभएका स्थायी समिति सदस्य जनार्दन शर्मालाई लिखित पत्र पठाउँदै प्रदेशले आफूखुसी ‘जस्तोसुकै निर्णय लिन सक्ने’ निर्णय लिनसक्ने भनेर माओवादीकालमा असफल भएको मुद्दालाई नेकपाको नाममा ब्यूँझाउनु भएको हो । प्रचण्डले बहुत चलाखी पार्टी बिवाद प्रदेश कमिटीले नै गर्ने भन्दै पुरानो मुद्दालाई टेको हाल्नुभएको हो ।

संबिधानसभामा तात्कालिन माओवादीका अध्यक्ष रहनुभएका प्रचण्डले देश नै टुक्रयाउन पाउने गरी ‘आत्मनिर्णयको अधिकारसहितको संघीयता’ को पक्षमा दृढ अडान राख्नुभएको थियो । प्रचण्डको सो प्रस्तावको बिपक्षमा तात्कालिन नेकपा एमालेका सवै नेताहरु खडा हुनुभएको थियो । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, तात्कालिन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित तात्कालिन एमालेका सवै नेताहरुले आत्मनिर्णयको अधिकारसहितको संघीयता’ देश टुक्र्याउन बिदेसीको योजनामा घुसाइएको षडयन्त्र भन्दै प्रतिवाद गर्नुभएको थियो ।

नेपाली कांग्रेसले समेत सो बिषयलाई कडा प्रतिवाद गरेपछि संबिधानसभाले खारेज गरेको थियो । तर अहिले नेकपाकै कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पहिलो हस्ताक्षर नै ‘ आत्मनिर्णयको अधिकारसहितको संघीयता’ का लागि गर्नुभएको छ । ‘कर्णाली प्रदेशको बिषयमा छलफल भई अबिश्वसको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको थियो,’ अध्यक्ष प्रचण्डले इञ्चार्ज शर्मालाई पठाएको निर्देशनमा भनिएको छ । उहाँको यो निर्देशन आत्मनिर्णयको अधिकारसहितको संघीयताकै निरन्तरता हो ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफू निकटसँग बरिष्ठ नेता माधवकुमार नेपालको दवावमा यस्तो पत्र लेखेको बताउँदै नेपालकै अडानमाथि गम्भीर प्रश्न उठाइ दिनुभएको छ । नेता नेपाल देश टुक्र्याउने आत्मनिर्णयको अधिकारसहितको संघीयताको पक्षमा कहिल्यै नरहे पनि आफ्नो स्वार्थका लागि यस्तो गरिएको छ । कर्णालीमा नेपाल पक्षधर सांसदहरुलाई मन्त्रीको लोभ देखाएर प्रचण्डले यस्तो खेल अघि बढाएको नेकपा स्थायी कमिटीका एक सदस्यले जनताटाइम्सलाई बताए ।

ती नेताका अनुसार माधव नेपाललाई देखाएर अध्यक्ष प्रचण्डले युद्धकालीन ‘ढाडमा टेकेर टाउँकोमा हान्ने’ नीतिलाई निरन्तरता दिनुभएको छ । भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख सामन्त योयलसँग दुई घण्टा गोप्य भेट गरेको भोलिपल्ट प्रचण्डले पुनः पुरानो मुद्दा ब्यूताउँदै निर्देशन दिनुलाई निकै अर्थपुर्ण रुपमा लिइएको छ । ‘र’ का प्रमुख गोयल प्रचण्डसहितका केही नेतालाई भेटन आएको र देखाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेको तथ्य बाहिर आइसकेको छ । सभार जनता टाईम्स