बौद्धीमाईमा एक सय शैयाको अस्पताल बनाउछौंं–पुर्व मन्त्री साह


अगम कुमार उपाध्याय

रौतहट, २६ बैशाख । चुनावको बेलामा मधुरो भाषण गर्नेलाई होईन, बौद्धीमाई नगरपालिकाको जनताको सेवा गर्ने ईमान्दार, कर्मठ उम्मेदवारलाई रोज्न एमालेका स्थायी कमिटी सदस्य एवम पुर्व शहरी विकास मन्त्री प्रभु साहले आग्रह गरेका छन ।
एमाले रौतहटद्वारा बौद्धीमार्य नगरपालिका वडा नं. ९ सरमुजवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री साहले सरमुजवाको विकासको लागी अहोरात्र खटीरहने एमालेका जिल्ला अध्यक्ष समेत रहेका त्रिभुवन साह (अमरजी) लाई रोजेर बौद्धीमाई नगरको विकासमा टेवा पुर्याउन आम मतदातालाई सुझाव दिएका छन ।
मतदाताले अमरजी माथी विश्वास गरे बौद्धीमाई नगरको हरेक क्षेत्रमा विकासको आन्धीबेरी आउने दाबी समेत पुर्व मन्त्री साह गरेका छन ।
‘जिल्लाको कमाण्ड गर्ने नेतालाई एमालेले बौद्धीमाईको सेवामा खटाएको छ,’ उनले भने, ‘त्रिभुवन जीको जितको लागी तपाईहरु कम्तीमा एक पटक परिवारमा छलफल गर्नुस, मन्न गर्नुस ।’ पाच वर्षको लागी चुनिने मेयरमा नगरवासीलाई सहयोग गर्ने व्यक्तीलाई चुनिनु पर्छ । मेयरको लागी कर्मठ, कर्तव्यनिष्ठ र जनतामा समर्पित नेता त्रिभुवन जीलाई जिताउन उनले आम मतदातामा आग्रह गरेका छन ।
मेयरमा नजिते पनि बौद्धीमाई नगरका जनताको लागी आवतजावत गर्न नयाँ सडक निर्माण लगायतका काम गरेर देखाउने त्रिभुवन जीको हातलाई बलियो बनाउन एमालेमै मतदान गर्न उनले सबै नगरवासी, आम मतदाता लगायतसंग आग्रह गरेका छन ।
सरमुजवावासीले नगरमा देखेको अस्पताल निर्माण, स्मार्ट सिटी, सडक निर्माण, शिक्षाको विकास लगायतको सपनालाई साकार बनाउन यस नगर क्षेत्रमा योगदान पुर्याउदै आएका मेयरका उम्मेदवार त्रिभुवन साह (अमरजी)लाई जिताउन सरमुजवावासीलाई उनले आग्रह गरेका छन ।
हुलाकी राजमार्गसंग जोडिएको सरमुजवाको भविष्य उज्वल छ । यहा सुविधा सम्पन्न एक सय शैयाको अस्पताल बनाउने योजना छ । त्यसलाई सफल पार्न सुर्य छापमा मोहर लगाई एमालेलाई बहुमत प्रदान गर्न पुर्व मन्त्री साहले जोड दिएका छन ।
सो अवसरमा प्रदेश सांसद एवम एमालेका केन्द्रिय सदस्य कुन्दन कुशवाहाले विकासमा पछाडी परेको बौद्धीमाई नगरपालिकालाई विकासशिल बनाउन सुर्यमै मतदान गरी विकास प्रेमी नेता प्रभु साहको टिमलाई बलियो बनाउन बौद्धीमाई नगरका मतदातालाई आग्रह गरेका छन ।
एमाले रौतहटका जिल्ला कमिटी सदस्य जयराम दासको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य जयचन पटेल, मेयरका उम्मेदवार एवम् एमाले रौतहटका जिल्ला अध्यक्ष त्रिभुवन साह(अमरजी), बौद्धीमाई नगरपालिकाकी उपमेयर प्रेमलता कुशवाहा, उपमेयरकी उम्मेदवार फुलबदन पटेल, एमालेका मधेश प्रदेश कमिटी सदस्य एवम वडाध्यक्षका उम्मेदवार मुक्ती नारायण मिश्रा लगायतकाले मन्तव्य व्यक्त गर्दै एमालेलाई बुहमत दिलाउन सरमुजवावासीलाई आग्रह गरेका छन ।