रौतहट । भदौ २४ गते
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित वि.पि वन वाटिकामा बृक्षारोपण गरीएको छ । जन नायक वि.पि कोईरालाको १०७ औं वर्ष जयन्तीको अवसरमा विपि कोईराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्य समितिको आयोजना एवं नेपाल बिद्यार्थी संघ रौतहट कार्य समितिको सहकार्यमा बृक्षारोपण कार्याक्रम गरीएको हो । टेकानटोल स्थित विपि वन वाटिकामा बुधबार बिहान भएको बृक्षारोपण कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का सांसद देव प्रसाद तिमल्सिना, प्रदेश सभा सदस्य धनलाल ठोकर,चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी,बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादव लगायतको सहभागिता रहेको थियो । यस अवसरमा विपि कोईरालाको तस्विरमा माल्यार्पण गर्दै कार्यक्रममा सहभागी हुनुभएका अतिथीहरुले बृक्षारोपण गर्नु भएको विपि कोईराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्य समिति रौतहटका अध्यक्ष अधिकार लामिछानेले बताउनुभयो ।