ईशनाथ नगरपालिकाको चौथो नगरसभा समपन्न


रौतहट । भदौ २४ गते
ईशनाथ नगरपालिकाले करिब ३९ करोड रुपैयाको बजेट पारित गरेको छ । रौतहट जिल्लाको दक्षिणी सिमानासँगै जोडिएको ईशनाथ नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । आज बुधवार एक समारोहका बीच नगर प्रमुख संतोष कुमार मेहताले पानसमा बत्ती बालेर चौथो नगरसभा सुभारम्भ गरेका थिए । नगर सभामा कार्यपालिकाका अधिकांश सदस्यको सहभागिता थियो बताइएको छ ।

आय तर्फ २०७७ र ०७८ को लागि नेपाल सरकारको वित्तीय समानीकरण अनुदान तर्फ ८ करोड ५ लाख २६ हजार, सर्शत अनुदान १३ करोड १४ लाख,संघीय समपुरक अनुदान १ करोड,आन्तरिक आयतर्फ १ करोड १६ लाख रहेको मेयर मेहताले जानकारी गराएका हुन् ।
त्यसैगरी प्रदेश सरकार समानीकरण अनुदान ८० लाख वित्तीय अनुदान २० लाख, प्रदेश समपुरक ३० लाख, राजश्वबाट ४४ लाख ७७ हजार, सडक बोर्डबाट २२ लाख, जिल्ला समन्वय समितिबाट १० लाख, समेत गरेर कुल ३८ करोड ८७ लाख १६ हजार ६सय ६९ रुपैयाको बजेट बिनियोजन भएको ईशनाथ नगरपालिकाका मेयर संतोष मेहताले जानकारी दिए ।
कुल आयमध्ये खर्चतर्फ चालु खर्चमा २२ करोड, ८० लाख, ३७ हजार ९ सय, पुँजिगततर्फ १६ करोड ६ लाख, ६९ हजार बिनियोजन भएको छ । त्यसैगरी बित्तिय समानीकरण अनुुदान अन्तर्गत प्रत्येक वडामा ५० लाख रुपैंयाको दरले सिलिङ बितरण गरीएको जनाइएको छ ।