हुर्काएर बालि निस्किने बेला अज्ञात समूहद्धारा धान काटिएपछि किसान पिडामा

रौतहट । असोज २२ गते
रौतहटको एक किसानको मिहिनेतमा पानी फेरिएको छ । कटहरिया नगरपालिकामा एक किसानको खेतमा लगाईएको धानबाली अज्ञात समूहले काटेर फालिदिएको छ । जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नम्बर ८ पिप्रा पोखरिया टोलका किसान जोगि राय यादवको खेतमा लगाईएको धानबाली गएराति अज्ञात समूहले काटेर खेतभरि नै फालिदिएका छन् । किसानले मेहनत गरि धान हुर्काएर बालि निस्किने बेला धान काटि दिएपछि किसान पिडामा परेका छन् । कसैले व्यक्तिगत रिसिभि का कारण आफुले लगाएको बाली काटेर क्षति पुर्याएको भन्दै उनले पीडा पोखे । किसानको करिब दुई कठ्ठामा लगाएको धान बाली मध्ये डेढ कठ्ठाको धान काटेर फालिएको पिडित किसान यादवले बताए । घटनाको सुचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटहरियाबाट सई लतिफ अन्सारीको कमाण्डमा गएको टोलीले घटनाबारे छानबिन गरि मुचुल्का उठाएको थियो । घटनाको बारेमा छानबिन गरि थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको हो । पिडित किसानले सम्बन्धित निकाय सँग क्षतिपूर्ति उपलब्ध गराई दिनु हुन माग गरेका छन् ।