कोरोनाको संक्रमण बढ्दै गएको हुँदा किनमेलका लागि सीमापारी नजान सरकारको आग्रह

रौतहट । असोज २१ गते
सीमा क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सीमापारी गएर किनमेल नगर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा हिजो मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोनाको संक्रमण बढ्दै गएको हुँदा किनमेलका लागि सीमापारी नजान आग्रह गर्नु भएको हो । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम उच्च रहेकाले पुरानै लुगा लगाएर दशैँ मनाउन आग्रह गरेको छ । साथै किनमेल गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ सूची बनाएर एकैपटक सामान किन्न पनि मन्त्रालयले आग्रह गरेको छ ।