कोरोनाको कारण औषधी पसल पनि बन्द

बारा, भदौ १ गते । बाराको महागढीमाई नगरपालिकामा २२ जनामा कोरोनाको संक्रमण देखिएपछि औषधी पसल पनि बन्द भएको छ । नगरपालिकाको बजार क्षेत्र भनिने वडा नम्बर ३ र १० गंजभवानीपुरमा रहेका दर्जन बढी औषधी पसल बन्द भएको औषधी खरिद गर्न पुगेका स्थानीय बैजुलाल यादवले बताउनुभयो । दैनिक औषधी सेवन गर्ने तथा आई परेका दुर्घटनासहितका अन्य बिरामीहरुलाई अन्यत्र जना धेरै नै समस्या भएको यादवले बताए । सो ठाउँका औषधी बिक्रेता मध्ये दुई जनामा कोरोनाको संक्रमण देखिएकाले यसरी औषधी पसलहरु बन्द भएको औषधी पसल संचालक पारस प्रसाद कुम्हालले जानकारी दिए । कोरोना महामारीमा सावधानी नअपनाएर माप दन्द बिपरित औषधी पसलहरु संचालनमा रहेपनि सर्वसधारणमा कोरोनाको प्रकोप देखिएकाले आफुहरुमा पनि यसको संक्रमण फैलिन सक्ने डरले पनि औषधी पसल बन्द गरिएको उनले बताए ।