किसानको बक्यौता रकम तत्काल भुतानी प्रक्रिया अगाडि नबढाए संघले आनदोलन गर्ने चेतावनी


रौतहट । साउन १५ गते
मध्य रौतहटको गरूडामा रहेको देशकै ठूलो चिनी उधोग बन्द भएको सम्बन्धमा आज पत्रकार सम्मेलनको आयोजन गरिएको थियो । गरूडाको श्रीराम सुगर मिल बन्द भएको सन्दर्भमा आज पत्रकारहरूको भेला बोलाईएको थियोे । उँखु उत्पादक संघ रौतहटले गरूडा स्थित रहेको श्रीराम सुगर मिलको प्रांगणमा पत्रकारहरू को सम्मेलन बोलाएको थियो । केही दिन अघि मिल संचालकले घाटामा गएको भन्दै स्थायी रूपमा सधैंका लागि मिल बन्द गर्ने निर्णय गरेको थियो । मिल बन्द भएपछि सयौं कर्मचारीहरू र किसानहरू को बक्यौता रकम अन्यौलमा परेको हो । यसै सम्बन्धमा संघले रौतहटेली पत्रकारहरू बिच आफनो धारणा राखेको थियो । यस अवसर उँखु उत्पादक संघका सफिन्द्र यादव,काँग्रेस नेता रामभरोस यादव,विधायक प्रत्यासी ब्रिजकिशोर यादव सहित व्यतीहरूको उपस्थिति रहेको थियो । उपस्थित सबै वत्ताहरूले कुनै पनि हालतमा मिल बन्द नहोस् भन्ने तर्फ जोड दिएका थिए । एक्कासि उधोग बन्द भएको प्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि हालतमा उधोग बन्द नहोस् भन्ने पक्षमा संघ रहेको विज्ञप्तिमा उल्लेख रहेको छ । उधोग संञ्चालनको लागि किसानहरूले स्थापना काल देखि नै सबै किसिमको त्याग गरि उधोग लाई सहयोग गरेको स्मरण गराएको हो । संघले प्रेस सम्मेलन मार्फत ६ बुँदे आफनो धारणा राखेको छ । बुँदाहरूमा उधोग स्थापनाको लागि यस क्षेत्रका किसानहरूले ७४ बिगहा जमिन उपलब्ध गराएको र उधोग संचालनमा किसानको अहम भूमिका को चर्चा गरिएको छ । विभिन्न वर्षको गरि उधोग सित किसानले ४१ करोड लिन बाँकि रहेको कुरा लाई अवगत गराईएको छ । जिल्लामा करिब १८ हजार उँखु किसान रहेको र १२ हजार बिगहामा उँखु खेति हुने गरेको तथा एक वर्षको उँखुको सम्पूर्ण मूल्य करिब साबा दुई अर्ब रूपैयाँ हुने गरेको तथ्यांक मार्फत देखाईएको हो । उधोगले संघसित २०७६ चैत मसान्त भित्र किसानको सम्पूर्ण बाँकी बक्यौता रकम उपलब्ध गराउने सहमति गरेको तर भुतानी नगरेकोले तत्काल भुतानी प्रक्रिया अगाडि नबढाए संघले आनदोलन गर्ने चेतावनी दिईएको छ । उधोगले वर्षेनी सरकारलाई करोडौं राजस्व बुझाउँदै आएको बुँदामा उल्लेख रहेको छ । उधोगको समस्या समाधान का लागि तिनै तहको सरकार संग संघले माँग गरेको छ । उधोग संचालनमा किसानले दिएको जमिन उधोग नचलेको खण्डमा किसानले नै जमिन फिर्ता पाउनु पर्ने अडान संघको छ । सर्लाही ,रौतहट र बाराका हजारौं किसान को भाग्य र भविष्य सित जोडिएको तथा सयौं श्रमिक , कर्मचारीहरूको जिविकासित प्रत्यक्ष सरोकार राख्ने उधोग बन्द हुँदा सबै पक्षलाई पुग्ने अपुरणिय क्षति को संवेदनशीलता लाई मध्यनजर गरि गम्भीरतापूर्वक लिएर उधोग संचालनको लागि आफनो तर्फबाट पहल गरिदिनु हुन संचारकर्मीहरू लाई पनि संघले आग्रह गरेको छ ।