प्रतिपर्धिहरुले उमेदवारी फिर्ता लिए पछि बार रौतटहको अध्यक्षमा यादव स्वतः चयन


रौतहट । साउन १५ गते
रौतहट बार एसोसिएसनको अध्यक्ष निर्विरोध रुपमा चयन भएको हो । अन्य उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि स्वतः अध्यक्ष चुनिएको हो । एसोसिएसनको अध्यक्षको रुपमा अधिवक्ता राजाराम राय यादव निर्विरोध निर्वाचित हुनु भएको बार एसोसिएसन रौतहटले जनाएको हो । अध्यक्षको दाबेदारी सहित चार जनाले उम्मेदवारी दिएका थिए । अध्यक्षको दाबेदारी सहित विनय कुमार कर्ण,सुरेश तिवारी,नन्दकिशोर साह उम्मेदवारी दिनु भएको थियो । तिनै जनाले उम्मेदवारी फिर्ता लिएपछि यादव चयन भएका हुन् । अन्य निकायहरुमा प्रतिस्पर्धा भएपनि बिगत देखि नै बार एसोसिएसनले उदाहरणिय रुपमा अध्यक्ष चुन्दै आएको बार एसोसिएसन रौतहटका अध्यक्ष हरिशंकर साहले जानकारी गराउनु भएको हो । आधिकारीक रुपमा साउन २४ गते पछि मात्र मानिने अध्यक्ष साहले जानकारी गराउनु भयो । एसोसिएसनको उपाध्यक्षमा अधिवक्ता अफताव आलम चुनिनु भएको हो । वहाँ को प्रतिपर्धामा आएका एकजनाले उम्मेदवारी फिर्ता लिए पछि आलम स्वतः निर्वाचित हुनु भएको हो । कोषाध्यक्षमा रामस्वार्थ बैठालाइ चयन गरिएको हो भने सचिवको लागि आगामी साउन २४ गते निर्वाचन हुने निर्वाचन समितीले जनाएको हो । बाँकि सबै जना निर्विरोध चयन हुनु भएको हो । सचिवको दाबेदारी सहित दौडमा भाग्यनारायाण झा र जितेन्द्र सिंह रहनु भएको छ । अध्यक्ष चयनका लागि ३ सदसिय समितीले गठन गरिएको थियो । यस अघि दुइ वर्ष देखि हरिशंकर साह एसोसिएसनको अध्यक्षको रुपमा कार्यभार सम्भालदै आउनु भएको थियो । वहाँको कार्यभार समाप्त हुने लगतै नयाँ अध्यक्ष चयनको प्रक्रिया अगाडी बढाइएको हो । नयाँ चयन हुने समितीले अगामी भदौ महिना देखि कामकाज सम्भालने जानइएको हो ।