कलैयामा करेन्ट लागेर एक वृद्धको मृत्यु

बारा, साउन २६ गते । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर–७ बरेवा बस्ने ६० वर्षीया राजाराम भगत माली रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोही वडा निवासी रविन्द्र सिहंको घर ढलान गर्ने क्रममा बिजुलीको तारमा करेन्ट लागि घाईते भई उपचारको लागि बारा नरसिंह होममा समान्य उपचार गरी थप उपचारको लागि वीरगंज गई रहेको क्रममा बीच बाटोमा नै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । मृत्यु भएको मालीको शव परीक्षणगरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।