जिङ्गडियाको दलित हत्याप्रति क्रियाशील दलित पत्रकार संघद्वारा दुख व्यक्त

रौतहट । साउन ३२ गते
क्रियाशील दलित पत्रकार संघ रौतहटले दलित युवकको हत्याको घटना प्रति घोर भर्त्सना गरेको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ जिङ्गडिया निवासी नन्दलाल रामको छोरा अन्दाजी १९ बर्ष को निरन्जन रामको धारिलो हतीयारले घाटीमा प्रहार गरी हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको थियो । सो हत्या गरेको समाचारले हामीलाई मर्माहित बनाएको दलित क्रियाशिल पत्रकार संघ रौतहटले जनाएको हो । यसरी नै पटक पटक दलित समुदाय माथि नरसंहार हुदै गयो भने अब दलित पत्रकारहरूपनि चुपलागेर नबस्ने दलित पत्रकार संघ रौतहटका अध्यक्ष रामप्रवेश बैठाले बताए । यस घटना प्रति हामी क्रियाशिल सक्रिय दलित पत्रकार संघ रौतहटको तर्फबाट घोर भर्तसना गर्दै अपराधी लाई कार्यवाही को लागि जोरदार माँग गर्दछौं संघका सह सचिव राजेश कुमार पासवान( निर्माण) ले जानकारी गराएका हुन् । साथै शोकाकुल परिवार प्रति धैर्यधारण र साहसका साथ अगाडि बढन भन्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ । साथै दोषीलाई छानबिनगरी कडाभन्दा कडा सजाय दिन संघले प्रहरी संग जोरदार माग गरेको छ ।