रौतहटमा थप १७ सहित १ सय ३१ संक्रमित

रौतहट । साउन ३२ गते
रौतहटमा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार आइतबार १७ जनामा संक्रमण पुष्टि भएको हो ।उनीहरुको मंगलबार स्वाब संकलन गरिएको थियो ।
आइतबार संक्रमण पुष्टि हुनेमा राजदेवी नगरपालिकाका १३, चन्द्रपुरका ३ र गरुडाका १ जना रहेको गुप्ताले बताए । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ सय ३१ पुगेको छ । सभार अनलाइन खबर