रौतहट प्रहरीले तस्करीको मल समात्न चार राउन्ड हवाई फायर

बैशाख २९ गते । रौतहट प्रहरीले तस्करीको मल समात्न चार राउन्ड हवाई फायर गरेको छ ।भारतबाट तस्करी गरी नेपालमा भण्डारण गरेको युरिया र डिएपि रासायनिक मल बरामद गर्न रौतहट प्रहरीले चार राउण्ड हवाई फायर गरेको हो।राजपुर नगरपालिका ५ बस्ने रुद्रा साह र साजन साहको घरमा लुकाएर राखिएको करिब एक हजार बोरा युरिया र डिएपी रासायनिक मल शुक्रबार बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ ।अबैध रूपमा तस्करी गरि नेपालमा भित्रीयाएका मलको बारेमा सुराकिले दिएको जानकारी अनुसार सो मल बरामद गर्न  प्रहरी निरीक्षक दिनेश कुवरको नेतृत्वमा गएको असंख्य प्रहरीको टोलीले दुई जना तस्कर द्वय रुद्रा साह र कन्हैया साहलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बिरबहादुर बुढा मगरले जानकारी दिनुभयो ।जिल्लाको सिमा नजिकै रहेका राजपुर, मठिया, जयनगर, रामपुरखाप लगायतको नाकाबाट प्रहरीको मिलोमतो तथा अवैध रूपमा तस्करीको व्यापार फस्टाएको स्थानीयहरु बताउँछन्  ।