रौतहटका एक दर्जन सञ्चारकर्मी सम्मानित

रौतहट, १९ फागुन/

मौलापुर नगरपालिकाले रौतहटका एक दर्जन सञ्चारकर्मीलाई आज सम्मान गरेको छ । मौलापुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा रौतहटका सञ्चारकर्मीलाई सम्मान गरिएको
हो ।

सम्मानित हुनेमा प्रतीक दैनिकका रौतहट संवाददाता शैलेन्द्र झा, नेपाल टेलिभिजनका रौतहट संवाददाता शैलेन्द्र गुप्ता, राससका रौतहट प्रतिनिधि आदर्श उपाध्याय, चन्द्रपुर एफएमका फणी महत, बालविक्रम कार्की, तराई एक्सप्रेसका अशोक पहाडी, प्रतिक्ष साप्ताहिकका रमेश तिम्लसिना,  एभि न्यूजका रौतहट प्रतिनिधि गौतम श्रेष्ठ, रातोपाटीका सञ्जय मिश्र, वकुल एफ एमका रामप्रवेश बैठा, रामशरण यादव, यादव राजलगायत पत्रकारहरूलाई मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह, उपमेयर गौरीशङ्कर जयसवाल, प्रशासकीय अधिकृत रामबाबू साह, नेकपा एमालेका जिल्ला अध्यक्ष अमर साहलगायतले गम्छा, अबीर, सम्मानपत्र दिई सम्मान गरेका थिए ।

पुराताŒिवक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्यका साथ आयोजित मधानी महोत्सव २०७८ को विशेष अवसरमा सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न पत्रकारहरूले पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मानपत्र प्रदान गरिएको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले बताइन् ।

आगामी दिनमा पनि सञ्चारकर्मीहरूको विशेष योगदानको गहिरो अपेक्षासहित सम्मानित पत्रकारहरूको जीवनको सफलताको हार्दिक शुभकामनासमेत उनले व्यक्त गरिन् ।