३ हजार ३ सय ८९ जना कोरोना संकास्पद बिरामी उपचार पछि घर फर्किए


आरके श्रीवास्तव रौतहट जेष्ठ ३०
भारत बाट आउनेको संख्या कम भएको छ भने रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या सात हजार ४ सय कटेको छ । बिहिवार को तुुलनामा सुव्रmवार अपरान्ह सम्म क्वारेन्टाईनमा बस्नेको संख्य ७ हजार ४ सय नाघेको छ । भारतमा लामोसमय देखी लगातार लकडाउन गरेको कारण बिभिन्न सहरमा बसेकाहरु आआफना गाँउ फर्किन थालेका छन । कोरोना भाईरसको उच्च संक्रमण देखिएकाले भारत बाट आउनेहरु १४ दिनसम्म अनिवार्य क्वारेन्टाई बस्न जिल्लाको बिभिन्न स्थानमा क्वारेन्टाईन निर्माण गरीएको छ । सुव्रmवार अपरान्ह सम्म क्वारेन्टाईनमा बस्नेको संख्यामा बृद्धीभई तिन सय ३९ महिला सहित सात हजार ४ सय ९४ पुुगेको सिडिओ बाशुदेव घिमिरेले जानकारी दिएकाछन । क्वारेन्टाईनहरु बाट हालसम्म कुल तिन हजार ३ सय ८९ जना संकास्पद बिरामीको उपचार गराई घर फर्किसकेको सिडिओ घिमिरेले बताएका छन ।