कोरोना संक्रमितहरुको संख्या बढदै गएपछि नारायणी अस्पतालमा उपचारमा समस्या

पर्सा, ३१ बैशाख । वीरगंजमा कोरोना संक्रमितहरुको संख्या बढदै गएपछि उपचारमा समस्या भएको छ । वीरगंजको नारायणी अस्पतालमा ५० बेडको आईसोलेशन रहेको र हाल ८७ जना भन्दा बढी कोरोना संक्रमित विरामीहरु नारायणीमा आई सकेपछि उपचारमा समस्या भएको छ । अहिले विरामीहरुलाई अस्पतालको जनरल वाड, सर्जिलक वाड, आईसियु लगायतका वाडहरुमा राखेर उपचारको व्यवस्था मिलाईएको छ । बीरगंज महानगरपालिकाले अस्थायी कोरोना अस्पतालको रुपमा नारायणीकै स्वामित्वमा रहने गरी गण्डक अस्पताल सँग सहमति गरि सकेको अवस्थामा केहि राजनीतिक दलले बखेडा झिकेर सहमति भाडने प्रयत्न गरेपछि अहिले कोरोना संक्रमित बढदै जादा उपचारमा समस्या देखिएको छ । उत्पन्न समस्या समाधानका लागि तत्काल पहल गर्न केन्द्र तथा प्रदेश सरकारलाई आफूले आग्रह गरेको र यदि केन्द्र तथा प्रदेश सरकारले आफूलाई जिम्मा दिएमा आफूले समस्या समाधान गर्ने दावी वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले गरे । अनावश्यक कुरामा राजनीति बढी हुँदा अहिले वीरगंज समस्यामा फसेको समेत नगर प्रमुख सरावगीले बताए । नारायणी अस्पतालसँग जनरल र सर्जिकल, आईसियु, र आकस्मिक कक्ष गरी डेढ सय भन्दा बढी कोरोना संक्रमितलाई राख्न सकिने अवस्था रहेको र यसैमा पहिलो चरणमा विरामीहरुलाई राख्ने व्यवस्था मिलाउनु पर्ने नगर प्रमुख सरावगीले दावी गरे । उनले संक्रमित बढदै जाँदा १ सय ५० बेडले समेत थेग्न नसक्ने हुँदा यस तर्फ प्रदेश सरकार र केन्द्र सरकारले बेलैमा आवश्यक पहल गर्नु पर्ने कुरामा नगर प्रमुख सरावगीले जोड दिए ।