रौतहटका निजामति कर्मचारीहरु यादवद्वारा ” रौतहट ब्यूरो(२०७७” गठन

रौतहट,साउन ३१ गते
रौतहटमा स्थाई बसोबास गर्ने नेपाल प्रशासन सेवा(सा.प्र. लेखा, राजस्व), नेपाल संसद सेवा, नेपाल लेखा परीक्षण सेवा, नेपाल शिक्षा सेवा, नेपाल योजना तथा तथ्यांक सेवा, नेपाल इन्जिनियरिङ सेवा, नेपाल बन सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा, र नेपाल बिबिध सेवाको कुनै पनि तहरश्रेणी वा पदमा लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परिक्षाबाट सिफारिस भई नेपालको जुनसुकै क्षेत्रमा कार्यरत कर्मचारीहरुको हकहिक तथा सन्जालिकरण गर्न, विभिन्न सिर्जनात्मक तथा रचनात्मक कार्यक्रमहरुको माध्यमबाट नेपालको सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्न र साथै लोकसेवा मार्फत विभिन्न पदका लागि तयारीमा रहेका बिद्यार्थी तथा कर्मचारीहरुलाई आवस्यक सल्लाह सुझाव, गोष्ठी तथा अध्यापन कार्यक्रम मार्फत रौतहटबाट अधिकतम पहुच तथा सफलताका निम्ति एक गैर नाफामुलक रुपमा उक्त संस्था गठन गरिएको छ।
यस संस्थाको अवधारणा कटहरिया न.पा. ५ निवासी नेपाल सरकारका उपसचिव श्री गजेन्द्र प्रसाद यादव ले ल्याइसकेपछि हालको बैश्विक महामारीमा समेत करिब ४ महिनादेखि भर्चुअल माध्यमबाट शाखा अधिकृत देवनाथ यादव, तथ्यांक अधिकृत शंकर ठाकुर र नरेन्द्र यादव लगायतका ब्यूरो सदस्यहरुको क्रियाशील पहल तथा सम्पुर्ण सदस्यहरुको उत्साहपुर्ण सहभागिताका साथ प्रत्येक हप्ताको शनिबार बैठक बस्दै आईरहेको जानकारी उक्त संस्था का सदस्य शाखा अधिकृत अमित यादवले दिनुभएको हो ।
वहाँले थप्नुभयो ” अहिले सम्म करिब ८२ जना सदस्यहरु यस संस्थासङ जोडिनुभएको छ र अहिलेसम्मको बैठक अनुसार संस्थालाई कुन मोडालिटिमा जाने भन्ने पक्का भएर संस्थाको बिधान तयार गरि करिब अन्तिम चरनमा पुगिसकेको छ। अब सम्भवत अर्को बैठ्कमा बिधानलाई अन्तिम रुप दिई जिल्ला प्रशासन कार्यालयमा दर्ताको प्रक्रिया अगाडी बढाउने छौ।”
हालै प्रकाशित लोकसेवा आयोगको ६०औं प्रतिवेदन अनुसार आ.ब. २०७५र७६ मा लोकसेवा आयोगबाट विभिन्न पदमा सिफारिस भएकामध्ये रौतहट दोश्रो स्थानमा हुँदा आफू लगायत ब्यूरोका सबै सदस्य खुसी छौ र आगामी दिनमा समेत ब्यूरोले यो स्थान कायम राख्न सधै जिल्लाका प्रशिक्षार्थीहरुसङ समन्वय, प्रशिक्षण , गोष्ठी तथा आवस्यक तयारी कक्षा एवम उत्प्रेरित गर्ने कुरा अधिकृत अमित यादवले बताउनु भयो ।
रौतहट जिल्ला कटहरियाका न.पा.का तीन दाजुभाइ गजेन्द्र यादव (उपसचिव) , अरबिन्द यादव (शाखा अधिकृत) र अमित यादव ( शाखा अधिकृत) सबैका लागि प्रेरणाका श्रोत हुन । कान्छो भाइ अमित यादव , सिभिल ईन्जिनियरिङमा स्नातक गरेर पनि दाजुहरु अप्राविधिक तर्फ भएर आफुलाई पनि प्रशासन तर्फ निकै चासोको बिषय भएकोले आफू येतै आएको बताउनुहुन्छ। करिब १ बर्ष देखि प्राविधिक तथा अप्राविधिकका खरिदाररनासुरअधिकृत पद्को आई.क्यू. तथा अन्य बिषयगत पत्रहरु अध्यापन गराउदै आइरहनु भएको र आफ्नो यस अनुभवलाई ब्यूरोका सदस्यहरु तथा रौतहटका प्रशिक्षार्थीहरुसङ सदैव साट्न तथा उत्प्रेरित गर्न तत्पर रहेको यादवले बताउनुहुन्छ। हालै फैलिएको बैश्विक महामारीको कारनले ब्यूरो रौतहटको भौतिक रुपमा भेला हुन नपाएकोमा चासो व्यक्त गर्दै वहाँले भन्नुभयो, “यो महामारी अन्त हुने बितिकै हामी भौतिकरुपमा भेला भै, संस्थाका आगामी कार्यक्रमहरु तय गर्ने छौ। ब्यूरो रौतहटलाई रौतहटेली निजामतीको साख एवम गौरवको रुपमा बिकास गर्ने जुन हामिले अठोट लिएका छौ त्यो अवस्य पूरा हुनेछ।