विजयपुर–८ का वडाध्यक्ष उमाशंकर जयसवालद्वारा दिवाखाजाको रकम माग

रौतहट,साउन ३१ गते
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको विधालयहरू मा दिवाखाजाको रकममा व्यापक घोटाला भएको संचारकहरूर्मीको टोली स्थलगत रिपोर्टिङ गर्न जाँदा यस्तो रहस्य खुलेको छ । नगरपालिकाको वडा नम्बर ८ को फतुआ विजयपुर,बुनियाद, कट्टा टोलमा रहेको विधालयहरू मा विधार्थीको लागि आएको दिवाखाजाको रकम मा व्यापक अनियमितता भएको एक जना जनप्रतिनिधिले बताएका छन् । वडा नम्बर ८ विजयपुरका वडाध्यक्ष उमाशंकर जयसवालले आफना वडामा रहेका चार वटै विधालयहरूले दुई आर्थिक वर्षको अझै सम्म दिवाखाजाको रकम वितरण गर्न नसकेको बताएका छन् । दिवाखाजाको रकम वितरण गर्नको लागि आफुले उत्त विधालयका प्रअहरू लाई पटक पटक ताकेता गरेपनि कुनै सुनवाइ नगरेको वडाध्यक्ष जयसवाले बताए । नगरपालिका बाट दिवाखाजाको रकम पठाए पनि विधालयले विधार्थीहरू लाई वितरण नगरि दिवाखाजाको लाखौं लाखको रकम प्रअहरूले घोटाला गरेको वडाध्यक्ष जयसवालको भनाइ छ । बालबालिका को लागि आएको रकम प्रधानाध्यापकहरू ले अफना मनमानी तरिकाले वितरण नगरि घोटाला गर्नु भ्रष्टाचार को चरम सिमा नाघेको वडाध्यक्ष जयसवालको ठम्याइ रहेको छ । आफुले जति छिटो ती विधालयहरूलाई खाजावापतको रकम वितरण गर्न निर्देशन दिएको उनले बताए । दिवाखाजाको रकम वितरण नगरेको स्थानीयहरूको व्यापक गुणासो पछि संचारकर्मी को टोली स्थलगत रिपोर्टिङ गरेपछि समाचार बाहिर आउने डरले दुई विधालयका प्रधानाध्यापकहरू दिवाखाजा वापतको रकम वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । सो वडामा एक मावि र तीन वटा प्रावि विधालयहरू रहेका छन् । बिजयपुर बजार स्थितरहेको श्री माध्यमिक विधालय विजयपुर , श्री माँ सरस्वती प्रावि कट्टा टोल, श्री प्रावि बुनियाद र श्री बाल ज्योती प्रावि बुनियादले नगरपालिका बाट दिवाखाजाको रकम बुझि अहिलेसम्म वितरण गर्न सकेका छैन्न । अभिभावकहरूले दबबा दिएपछि फतुआमा रहेको श्री माँ सरस्वती प्रावि कट्टा टोलका प्रधानाध्यापक सुबोध प्रसाद यादवले अगामी भदौ २ गते अभिभावक भेला बोलाई दिवाखाजा को रकम वितरण गर्ने प्रतिबद्धता जनाईसकेका छन् भने श्री बाल ज्योती प्राथमिक विधालय लक्ष्मीनिया बुनियाद कि प्रधानाध्यापक रेणु चौधरीले छिट्टै वितरण गर्ने प्रतिबद्धता अभिभावक समक्ष जनाएकि छिन् । यस विषयमा श्री प्राथमिक विधालय बुनियादका प्रधानाध्यापक मुति प्रसाद चौधरी संग कुरा गर्दा विधार्थीको खाजा बापत को रकम आफुले आफनो तलबमा कट्टा गरेको भनी गैरजिम्मेवार पूर्ण जवाफ दिएका छन् । आफनो तलब भता हुदाहुदै विधार्थीको खाजाको रकम पनि प्रधानाध्यापक चौधरीले आफनै तलबमा काटेको भनी गैरकानुनी काम गरेकोले उनलाई हदैसम्म को कार्यवाही गर्न स्थानीय अभिभावकहरूले माँग गरेका छन् । फतुवा विजयपुर नगरपालिका का शिक्षा संयोजक बुनिलाल यादवले दिवाखाजाको रकम सम्पूर्ण विधालयहरूको खातामा रकम पठाईदिएको जानकारी गराए । यो समस्या वडा नम्बर ८ को मात्रै नभई पुरै नगर भरिको विधालयहरूको रहेको देखिन्छ । यता विधालयहरूले विधार्थीहरूको दिवाखाजाको रकम वितरण नगर्दा अभिभावकहरू आक्रोसित भएका छन् । अबको केही दिनमा विधालयहरू दिवाखाजाको रकम वितरण नगरे प्रधानाध्यापकहरू लाई विधालयमै थुन्ने अभिभावकहरू चेतावनी दिएका छन् । विधालयहरूको यस्तो चरम लापरबाही हुँदा हुँदै पनि फतुवा नगरपालिका का नगरप्रमुख गोपाल यादवले कानमा तेल हालेर सुतेका छन्।