प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माग्दै हेटौंडाका पत्रकार सडकमा

हेटौंडा–प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका माग गर्दै ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा सञ्चारकर्मीहरुले र्याली निकालेका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको आयोजनामा बुधबार विहान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताको लागि एक्यबद्धता र्याली निकालिएको छ । हेटौंडाको सीमाचोकबाट बुद्धचोकहुँदै चेम्बारमार्गबाट बुद्ध बद्धचोक पुगेर र्याली सम्पन्न भएको थियो ।

¥यालीलाई सम्बोधन गर्दै ३ नम्बर प्रदेश पत्रकार महासंघ अध्यक्ष प्रताप विष्टले समाचार लेखेकै कारण पत्रकार पक्राउ पर्न नहुने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी राज्यले गर्नुपर्ने बताएका थिए ।

उनले हाल कानुनमा भएको व्यवस्थाले पनि सञ्चारकर्मीलाई गाह्रो पारिरहेको उनको भनाइ थियो । उनले पत्रकार महासंघ सधै श्रमजिवीको पक्षमा रहेको बताउँदै आफूहरुको माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनमा होमिने बताए ।