ढुक्क भएर नानीबाबु जिम्मा दिनूस्ः हामी गुणस्तरीय शिक्षा दिन तयार छौं

वैशाख महिना लागेसँगै संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच जुहारी चल्ने गर्दछ । यसपालीको वैशाखमा पनि यो जुहारी गज्जबसँग देखियो । संस्थागत विद्यालयहरु सामुदायिक विद्यालयको परीक्षा पद्दती र त्यहाँ हुने पढाईका गुणस्तरलाई देखाउँदै आफ्नोमा विद्यार्थी तान्न खोजे । यसैगरी सामुदायिक विद्यालयहरुले पनि संसथागत विद्यालयको जस्तै अंग्रेजी माध्यममा अध्यापन सुरु गरेर, सस्तो छ, तर गुणस्तर कमजोर छैन भन्दै विद्यार्थीहरु तान्ने प्रयास गरे । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ मा रहेको एउटा सामुदायिक विद्यालयमा यसपटक ३ सय भन्दा बढी विद्यार्थी नयाँ भर्ना भए । यी ३ सय विद्यार्थीमाअधिकांश विद्यार्थीहरु संस्थागत विद्यालयबाट आएका थिए भने केही अन्य सामुदायिक विद्यालयबाट पनि आएका थिए । आखिर जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालयमा किन यति धेरै मात्रामा विद्यार्थीको चासो बढ्यो त ? यसै सवालमा रहेर प्रदेश सञ्चार डटकमका सम्पादक केशव समर्पणले जनप्रिय माध्यमिक (प्राविधिक शिक्षालय) का प्रधानाध्यापक नमराज अर्यालसँग गरेको कुराकानीको सम्पादित अंशः


जनप्रिय माध्यमिक विद्यालयले गरिरहेको गतिविधिको बारेमा जानकारी गराइदिनुस् न ।
जनप्रिय माध्यमिक विद्यालय एउटा नमूना विद्यालयको रुपमा नेपाल सरकारबाट छनौट भएको विद्यालय हो । यो विद्यालयले आफ्ना गतिविधिहरु नमूनाको मर्मअनुरुप अघि बढाउने प्रयास गरिरहेको छ । नमूना विद्यालयको लागि एउटा निर्देशिका छ । त्यसमा वर्तमान र भविष्यमा विद्यालयले गर्नुपर्ने कार्यहरु उल्लेख छ ।

त्यसै निर्देशिकाबमोजिम योजना बनाएर अघि बढ्ने क्रममा छ । त्यसका साथै अहिले हामीले भर्नाको अभियान पनि चलाइरहेका छौं । त्यस्तै शैक्षिक कार्यक्रमलाई पनि हामीले अघि बढाएका छौं । वैशाख ८ गतेबाट निरन्तर पढाई अघि बढिरहेको छ । हामीले वार्षिक योजना बनाउने क्रममा पनि छौं । हाम्रो क्यालेन्डर निर्माण हुँदैछ ।

यसको अतिरिक्त अभिभावकहरुसँग हामीले सुरुदेखि नै बाबुनानीको पढाईको विषयमा अभिभावकले ख्याल गर्नुपर्ने कुराहरुको बारेमा र प्रतिवद्धताको विषयमा जानकारी गराइरहेका छौं । प्राविधिक धार हामीले ९ कक्षाबाट सुरु गरिरहेका छौं । त्यसमा पनि हामीले विद्यार्थी भर्ना अभियानलाई अघि बढाएका छौं । अंग्रेजी माध्यमको कक्षा पनि हाम्रोमा सञ्चालित छ । नयाँ कक्षाको रुपमा १० मा यो पुगेको छ । अग्रेजी माध्यमबाट प्रभावकारी रुपमा हामीले शिक्षण गराइरहेका छौं ।

निजी विद्यालयभन्दा सामुदायिक विद्यालय कमजोर छ भन्ने मानसिकता छ, जसले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप पनि कम छ, सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन चाहिँ के गर्नुपर्ला ?
यसको लागि योजनाको खाँचो पर्ने रहेछ । योजना प्रभावकारी बनाउन सकियो भने र त्यहि योजनाअनुरुप विद्यालयको गतिविधिहरु व्यवस्थित गर्दै अघि बढाउन सकियो भने निश्चय नै सामुदायिक विद्यालयप्रति आकर्षण बढ्छ ।

यो कुरा हामीले राम्रैसँग महसुस गरेका छौं । हामीले धेरै मेहनत गरेर फागुनको अन्तिमदेखि नै चैत महिनाभर योजना निर्माणमा शिक्षकहरु लागि प¥यौ, सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया ग¥यौं । र हामीले पञ्चवर्षीय योजनाको साथै आगामी एक वर्षको योजना केके हुने भनेर हामीले लक्ष्यको निर्धारण ग¥यौं । योजना बनाएर त्यसलाई व्यवस्थित गर्दै अगाडि बढ्ने क्रममा हामी छौं । यसले निश्चिय नै गतिविधिलाई व्यवस्थित बनाउनेछ । यसमा हामीले विभिन्न कुराहरु समावेश गरेका छौं ।

परीक्षाको कुराहरु, अतिरिक्त क्रियाकलापको कुराहरु, अनि सदन विभाजन गरेर बालबालिकाको बीचमा प्रतिष्पर्धा गर्ने कुराहरु पनि छन् । यसको अतिरिक्त अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धलाई कसरी मजबुत बनाउने भनेर हामी लागिरहेका छौं । निश्चय नै यी कुराहरुले हामीलाई प्रभावकारी रुपमा अघि बढ्न सहयोग गरेको छ । यसको कारणले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण हुँदो रहेछ भनेर हामीले महसुस गरेका छौं ।


२ वर्षअघि विद्यार्थीको भर्ना दर बढ्दै गएको छ । यसवर्ष हामीले लगभग ३ सयको हाराहारीमा विद्यार्थी भर्ना गरिसकेका छौं । र हामीले प्रवेश गरीक्षा लिएर भर्ना गरिहरको अवस्था छ ।

जनप्रिय माध्यमिक विद्यालय २०७१ सालदेखि नै नमूना विद्यालयको रुपमा छनौट भएको छ, नमूना विद्यालय हुन चाहिँ कस्ता कुराहरु आवश्यक हुँदो रहेछ ?
नमूना विद्यालयको अवधारणालाई सरकारले जब अघि बढायो । त्यसमा हामीले पनि विभिन्न सूचकहरुको आधारमा प्रस्तावना पेश ग¥यौं । विभिन्न सूचकको आधारमा सरकारले हामीलाई छनौट गर्यौ । सूचकको आधारहरुको पहिलो सूचक विद्यार्थीको संख्या थियो । त्यसमा पनि हामी राम्रै अवस्थामा थियौं । त्यसको अलवा शैक्षिक उपलब्धीको पनि त्यहाँ नम्बर दिइएको थियो । त्यो उपलब्धीमा पनि हामी राम्रै स्थानमा आयौं ।

त्यसका साथै जग्गाको अवस्था पनि झनै महत्वपूर्ण हुँदो रहेछ । जग्गा चाहिँ हाम्रो विद्यालयको नाममा ४ बिगाहा जग्गा थियो । त्यसले धेरै सहयोग गर्यौ । अनि साइन्स स्ट्रिम चलेको छुट्टै नम्बर थियो । त्यसमा हामीले प्राविधिकको सिटिईभिटीको साइन्स चलाएका थियौं । त्यसले हामीलाई धेरै सपोर्ट भयो । यसरी विभिन्न सूचकको आधारमा हामी जिल्लामै अगाडि रह्यौं र नमूनाको रुपमा हामी छनौट भयौं ।

विद्यार्थी भर्ना अभियान चलाइरहँदा तपाईहरुको विद्यालयमा विद्यार्थीको आकर्षण कस्तो छ, अनि विद्यार्थी अझ बढी आकर्षित गर्न के गरिरहनुभएको छ ?
सामुदायिक विद्यालयमा विद्यार्थीको खडेरी देखिने गरेको छ । अहिले पनि त्यो अवस्थाबाट धेरै विद्यालयहरु गुज्रिरहेको अवस्था छ । जनप्रिय चाहिँ हेटौंडा बजार क्षेत्रबाट ९ किलोमिटर पूर्वमा रहेको छ । यस विद्यालयलाई केही वर्षअघिसम्म केही समस्या थियो । जब नमूनाको रुपमा हामी छनौट भयौं र हामीले आफ्ना गतिविधिहरुलाई विस्तारै परिस्कृत गर्दै व्यवस्थित रुपमा अघि बढायौं ।

त्यसपछि यसपाला हाम्रो विद्यालयमा विद्यार्थीको आकर्षण धेरै नै भएको हामीले पाएका छौं । यो आकर्षणको कारण चाहिँ हामीले मेहनत गरेर शैक्षिक गतिविधि अगाडि बढाएको भएरै हो । यसको लागि हामीले टिम निर्माण गर्यौ , विद्यार्थीलाई परिचालन गर्यौ । र हामी सबै शिक्षकले हाम्रो पेशा मात्रै हैन उत्तरदायित्व पनि हो भनेर अघि बढ्यौं । उत्तरदायित्वलाई राम्रोसँग निर्वाह गर्दै विद्यार्थीको भाग्य र भविष्यसँग जोडिएको विषयमा हामीले लापरबाही गर्न हुँदैन भन्ने सोचले हामीले शिक्षकमाझ कुरा राखेर शिक्षकलाई उत्प्रेरणा दिने काम गर्यौ । विद्यार्थीप्रतिको उत्तरदायित्व पूर्ण गर्नुपर्छ भन्ने भावना सबैमा पैदा गर्यौ ।

जसको फलस्वरुप हामीले अंग्रेजी माध्यमको कक्षालाई अघि बढायौं । नेपाली माध्यमलाई पनि व्यवस्थित गर्दै लग्यौं । र प्राविधिक धारको पनि सम्बन्धन लिएर त्यसलाई अघि बढायौं । यी सब कुराहरु गरिसकेपछि हामीप्रति अभिभावकको विश्वास पैदा भयो । २ वर्षअघि विद्यार्थीको भर्ना दर बढ्दै गएको छ । यसवर्ष हामीले लगभग ३ सयको हाराहारीमा विद्यार्थी भर्ना गरिसकेका छौं । र हामीले प्रवेश गरीक्षा लिएर भर्ना गरिहरको अवस्था छ । र आगामी दिनमा विद्यार्थीको खाँचो भन्दा पनि हाम्रो कोटा सकियो भनेर भन्नुपर्ने अवस्थासमेत शिर्जना भएको छ । विद्यार्थीको आकर्षण धेरै बढेको छ ।

सामुदायिक विद्यालयमा तल्लो तहमा विद्यार्थीको भर्नादर निकै न्युन रहेको देखिन्छ । माथिल्लो तहमा पुगेर मात्र सामुदायिक विद्यालय रोज्ने चलन पनि छ । यहाँहरुको विद्यालयमा तहगत भर्नादर चाहिँ कस्तो छ ?
निश्चय नै तपाईले भनेको जस्तै स्थिति हो । हाम्रोमा तल चाहिँ थोरै हुने माथिल्लो कक्षामा गएपछि बढी हुने अवस्था थियो । यो वर्षबाट त्यो अवस्थाको पनि अन्त्य भएको छ । हामीसँग तल्लो तह नर्सरीदेखि कक्षा ५ सम्म धेरै विद्यार्थीहरु आकर्षित भई भर्ना हुन आएका छन् । ५ भन्दा माथिल्लो कक्षामा पनि विद्यार्थी भर्नाको दर मिलेर गएको देखिन्छ । हामी प्रति विद्यार्थी तथा अभिभावकको विश्वास झनै बढ्दै गएको छ ।

तपाईहरुले प्राविधिकतर्फ कुनकुन विषयहरु अध्यापन गराइरहनुभएको छ ?
अहिले सिटिईभिटीतर्फको भर्नाको कार्यक्रम छैन । एसईईको नतिजा आएपछि भर्ना अभियान सुरु हुन्छ । अहिले ९ कक्षामा हामीकहाँ बाली विज्ञानको कक्षा सुरु गरेका छौं । शिक्षा विभागको सम्बन्धनमा यो कक्षा सुरु गरको हौं । अहिले यो कक्षा ११ सम्म पुगेको छ । आगामी वर्ष बाली विज्ञानको १२ कक्षा पनि सुरु हुनेछ ।

अहिले हामीले ९ कक्षामा भर्ना लिइरहेका छौं । यसमा अंग्रेजी माध्यममा पढ््नुपर्ने भएकाले अंग्रेजी, गणित र विज्ञान विषयमा बढी नै दख्खल भएको हुनुपर्ने अवस्था छ । त्यसकारण जुनसुकै विद्यार्थीले यो विषय पढ्न गाह्रै हुन्छ । तै पनि हामीकहाँ वर्तमान अवस्थामा २५ जना विद्यार्थीले भर्ना गरिसकेका छन् । अझै यो संख्या बढाउन हामी लागिपरेका छौं ।

एसईईपछि अध्ययन गर्ने प्राविधिक विषयहरु चाहिँ केके छन् ?
एसईईपछि चाहिँ हामीकहाँ कृषि जेटिए १८ महिने कक्षा छ । भेटेनरी जेटिए १८ महिने कक्षा छ । यसको अलवा ३ वर्षे डिप्लोमाको कार्यक्रम पनि छ । त्यसमा ‘प्लान्ट’ र ‘भेट’ कार्यक्रमहरु छन् । त्यसमा चाहिँ एसईईमा तीन वटा विषयमा ‘सी’ प्लसभन्दा माथि आउनुपर्छ । त्यसमा एकेडेमिक रुपमा योग्य विद्यार्थी भर्ना लिन्छौं । र १८ महिने कार्यक्रममा चाहिँ अलिक कमजोर खालका विद्यार्थीहरुले पनि भर्ना गर्न पाउँछन् ।

कमजोर प्रकारको विद्यार्थीले पनि प्राविधिक विषयमा अटाउन सक्ने नीतिले उनीहरुलाई पढाउन र सिकाउन गाह्रो हुँदैन ?
यो विषय नितान्त प्रयोगात्मक बढी भएको विषय हो । फिल्डमा गएर प्रयोगात्मक गर्न सक्ने र गरेर देखाउने विषय भएकाले प्रयोगात्मक अभ्यासमा समस्या हुँदैन । तर पनि कतै न कतै लिखितमा कमजोर हुँदा त्यसले नतिजामा असर त गर्छ । तर, पनि हामी चाहिँ लिखित र प्रयोगात्मक दुवैलाई समानान्तर रुपमा अघि बढाइरहेका छौं । निकै नै कमजोरहरुलाई विशेष ध्यान दिएर पढाउने गछौं । त्यसैले धेरै समस्या केही छैन ।

यो प्रणालीलाई सुधार गर्नुपर्ने केही कुराहरु छन् कि ?
सिटिइभिटीतर्फ खासै सुधार गर्नुपर्ने देखेको छैन । ९ बाट सुरु भएको प्राविधिक धारमा चाहिँ विषयहरु अपडेट गर्ने, पाठ्यपुस्तक सहज उपलब्ध गराउने गर्नुपर्छ । यसका साथै कतिपय नीति नियमहरु पनि स्पष्ट छैनन्, समन्वयको अभाव छ । त्यसलाई चाहिँ स्पष्ट रुपमा अघि बढाउन सके अझै राम्रो हुन्थ्यो ।

यहाँहरुसँग लामो समयदेखि प्राविधिक विषय पढाइरहेको अनुभव छ । अन्य धेरै विद्यालयहरु छन्, जो प्राविधिक विषय अध्यापन गराउन चाहन्छन्, तै पनि उनीहरुले सकिरहेको अवस्था छैन किन होला ?
प्राविधिक विषय चलाउनुपर्छ भन्ने मान्यता सबैमा छ । वास्तवमा यो प्राविधिक धारको पढाई सुरु गर्न निकै चुनौतीपूर्ण छ । यसको सबैभन्दा महत्वपूर्ण कुरा पूर्वाधारको हो । आवश्यक पूर्वाधारहरु कतिपय विद्यालयले जुटाउनै सक्दैन । पूर्वाधार जुटाउँदा पनि दक्ष प्राविधिकको पनि अभाव छ । जसको कारण पनि समस्या छ ।

कतिपय प्राविधिक विषयमा विद्यार्थी र अभिभावक नै अन्यौलमा छन् । प्राविधिक विषय पढेर के हुने भन्ने पनि ज्ञान छैन । जसको कारणले गर्दा सामान्य पढाई गर्नेको संख्या संख्यात्मक रुपमा बढी देखिन्छ । यसले गर्दा कतिपय सम्बन्धन लिइरहेका विद्यालयलाई पनि विद्यार्थी संख्या कम भएर आर्थिक व्ययभार कम भई विद्यालय चलाउन गाह्रो भएको अवस्था छ । तर पनि यी चुनौतीलाई चिर्दैअ अघि बढ्ने हो भने यसबाट शैक्षिक उन्नयनको साथै रोजगारीको अवसर पनि सिर्जना गर्नेछ । र समाज र राष्ट्रलाई योगदान पुग्न सक्छ ।

प्राविधिक धारको पढाई गर्न पूर्वाधार नै महत्वपूर्ण छ भनेर भन्नुभयो, जनप्रियमा चाहिँ पूर्वाधारको अवस्था कस्तो छ बताइदिनु न ।
जनप्रिय माविले चाहिँ लामो समयदेखि प्राविधिक शिक्षालय चलाइरहेको हुँदा हामीसँग प्राविधिक जनशक्तिको पनि अभाव हुने अवस्था छैन । यहाँबाट उत्पादित जनशक्तिहरु नेपालको विभिन्न ठाउँमा पुगेर काम गरिहरको अवस्था छ भने कतिपयले सरकारी कोटामा पनि नाम निकालेर सेटल भएको अवस्था छ । त्यसकारण जनप्रियमा विद्यार्थी आउने क्रम पनि बढ्दो छ । पूर्वाधार पनि तयारी गर्दै गरेको अवस्था छ । हामीसँग पिल्डको व्यवस्था छ । आवश्यक ल्याबहरु पनि व्यवस्थित गर्दै लगेका छौं । जनप्रियले आफ्नै लगानीमा प्राविधिको लागि छुट्टै ब्लक बनाएर कक्षाकोठा र ल्याबको व्यवस्था गरिरहेका छौं । त्यसले हामी पूर्वाधारको हिसाबले निकै बलियो बनेर अघि बढ्दैछौं । यस विद्यालयको भविष्य अझ उज्जवल रहेको छ ।

प्राविधिक विषयलाई प्राथमिकता दिएर विद्यालय चलाइरहँदाका समस्या र चुनौतीहरु के के देख्नुभएको छ । सरकारी तवबरबाट हुनुपर्ने कामहरु केके हुन् ?
चुनौती त धेरै नै छन् । मुख्य चुनौती पूर्वाधारकै हो । विद्यार्थीका आकर्षण कम हुँदा केही समस्या थियो अहिले विद्यार्थी संख्या बढेकाले हामीलाई समस्या छैन । जनशक्तिको अलिक अभाव छ । फिल्डमा लैजानुपर्ने भएका कारण फिल्डको म्यानेज गरेर त्यहाँ लगेर सिकाउन खर्चिलोका साथै चुनौतीपूर्ण पनि छ । ओजेटी पढाउँछौं हामी । विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा ओजेटी पढाउँदा विद्यार्थीहरुले समस्याहरु खेप्नुपर्ने अवस्था छ । यिनै कुराहरु चुनौतीको रुपमा देखिएका छन् । यी कुराहरुलाई समाधान गर्दै लजानुपर्ने अवस्था छ ।

अन्त्यमा जनप्रियमा अध्ययन गर्न आउने विद्यार्थी र अभिभावकलाई तपाईको भन्नु केही छ कि
हामी हरेक वर्ष एकएक वटा नारा लिएर आउँदैछौं । यसवर्षको हाम्रो नारा ‘मुस्कानसहितको शिक्षण’ छ । त्यसमा हामी लागिपर्नेछौं । कोही अझै भर्ना हुनुभएको छैन भने निश्चिन्त भएर भर्ना गनुृहोस् ।

तपाईहरुको बाबुनानीको जिम्मेवारी हामी लिनेछौं । बाबुनानीको क्षमता विकास गर्न जनप्रिय लागिपर्नेछ । हाम्रा गतिविधि बुझ्न निरन्तर विद्यालय आउन र केही समस्या भए हामीलाई भन्नुहुन अविभावकलाई आग्ह गर्दछौं । हामी प्रतिवद्ध भएर गुणस्तरीय शिक्षा दिन लागपर्ने पनि जानकारी दिन चाहन्छु ।

अन्तरवार्ताको अडियो सुन्नको लागि तल क्लिक गनुहोस् ।

ढुक्क भएर नानीबाबु जिम्मा दिनूस्ः हामी गुणस्तरीय शिक्षा दिन तयार छौं