रौतहट क्षेत्र नम्बर १ बाट नेपालको उम्मेदवारी, प्रभु साह स्वतन्त्रबाट

रौतहट, २३ असोज– नेपाल एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो गृह जिल्लाबाट प्रतिनिधी सभा निर्वाचनको लागी मनोनयन पत्र दर्ता गराएका छन ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उनले प्रतिनिधी सभा निर्वाचनको लागी मनोनयन दर्ता गराएका हुन ।
पाच दलिय गठबन्धनको अध्यक्ष मण्डल मध्ये एक घटक रहेका पुर्व प्रधानमन्त्री नेपालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमै पुगेर पहिलो नम्बरमा मनोनयन दर्ता गाराएका हुन । गौर नगरपालिकाका प्रमुख एवम नेपाल एकिकृत समाजवादी पार्टी रौतहटका नेता शम्भु साहको प्रस्ताव तथा राजदेवी नगरपालिकाका प्रमुख एवम कम्युनिष्ट नेता भिखारी प्रसाद यादवको समर्थनमा पुर्व प्रधानमन्त्री नेपालले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनोनयन दर्ता गराउन नेपालको समर्थनमा निस्केको जुलुशमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सत्यनारायण भगत, दुर्गा भगवती गाउपालिकाका अध्यक्ष शम्भु सिंह लगायतको सहभागिता रहेको थियो ।
यसैगरी रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभामा पुर्व सहरी विकास मन्त्री एवम एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले आफ्नो मनोनयन स्वतन्त्रबाट दर्ता गराएका छन ।
पार्टीले टिकट दिएपनि उहाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पार्टी भन्दा जनता र कार्यकर्ता ठुलो भएकोले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको साहले जानकारी दिनु भयो ।