झड्प नियन्त्रणगर्न १९ राउण्ड हवाई फायर

बारा, भदौ १ गते । माछामार्ने क्रममा भएको झडप नियन्त्रणगर्न १३ राउण्ड हवाई फायर तथा छ राउण्ड आसु ग्याँस प्रहार गरिएको छ । बाराको आर्दशकोतवाल गाउँपालिका वडा नम्बर–६ पर्टेवा र सिम्रौनगढ नगरपालिका वडा नम्बर–११ भगवानपुरटोल बीचमा रहेका कुलोमा दुबै टोलका स्थानीय बीच भनाभन हुँदा भएको झडप पछि ४÷५ जना घाईते भएका थिए । सो झडपको सूचना गाउँमै गएपछि दुबै टोलका हजार–पन्द्रसय जनाको समूहमा आएका स्थानीयहरुलाई नियन्त्रण गर्न प्रहरीले १३ राउण्ड हवाई फायर तथा छ राउण्ड आसु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीलाई थप मद्दतको लागि जिल्लाबाट प्रहरी नायब उपरीक्षकसहित गएको प्रहरी टोलीले सो हुल हवाई फायर गरी तितर बितर गरेको हो ।