बारामा थप ३८ मा कोरोना पुष्टि संक्रमितको सँख्या ४६३ पुग्यो

बारा, भदौ १ गते । बारामा सोमबार थप ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । कोरोना भाईरस संक्रमणहुनेहरुमा कलैया उपमहानगरपालिकामा ३२, महागढीमाई नगरपालिकामा ५ र जीतपुरसिमरा उपमहानगरपालिकामा १ जनामा कोरोनाको संक्रमण देखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए । संक्रमण देखिनेहरुमा १० जना महिला तथा २८ जना पुरुष रहेका छन् । जसमा छ वर्षदेखि ५८ बर्ष उमेर समुहका मानिसहरु रहेका छन् । यो सँगै बारामा कुल संक्रमितको सङख्या ४ सय ६३ पुगेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए । यता कोरोनाको संक्रमण बढ्ने क्रम जारी रहेकाले दैनिक गुजारा गर्ने गरिब, असहाय तथा मगन्तेहरुको दिनार्चाय बढी पीडादायी भएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले दुखेसो पोखे । जिल्लाका १६ वटा स्थानीय तहले आ–आप्mना पालिकामा रहेका असहायहरुको तथ्याङ्क संङ्कलनगरी कोरोना संक्रमितहरु जस्तै खानपानको व्यवस्था मिलाई दिन सबै पालिका प्रमुखमा अनुरोध गरे । यस्तै बैंकमा राखेको रकम झिक्न पाउनुपर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई नागरिक समाज बाराका अध्यक्ष दासले अनुरोध गरे ।