मेलामा आएका रंगालाई दाना खुयाउने काम शुरु

आर्दशवाणी संवाददाता । बारा, १२ मंसिर । महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको बलीको अधार विश्व प्रसिद्ध गढीमाई मातालाई भाखल गरेका भतmतालुहरुले ल्याएका रंगाहरुलाई पशु कल्याण संघ नेपालले दाना खुयाउने काम शुरु गरेका छन् । करिब दुई हजार भन्दा बढी रंगाहरु मेलामा आईसकेको र आउने क्रम जारी रहेको हुदा तिनीहरुलाई खान र बस्न ठाँउ समेत राम्रो नभएको हुदा ती पशुहरुले निकै दुख झेल्नु परेको तितो यर्थातलाई मध्य नजर गर्दै पशु कल्याण समाज र जिल्ला स्थित रहेको बारा महिला बिकास मंचले ती रंगाहरुको लागि अहार जुटाउने काम शुरु गरेको हो । पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले खान नपाएर र जाडोका कारण ३ वटा रांगा मरिसकेको बताउदै पशु जन्यहरुलाई पनि मानव सरह ती अज्ञान पशुहरुलाई पनि ब्यवहार गर्नुपर्ने उहाँको सुझाव थियो । रांगाहरुका लागि ९० किलो बन्धा कोभी, ८ सय केजी दाना समेत मेला समितिलाई प्रदान गरेको बारा महिला बिकास मंचका अध्यक्ष कलावती पासवानले बताईन् । मंसिर १७ गते सम्म ती रंगाहरुका लागि खाने र न्यानोका लागि पराल समेतको व्यवस्था गर्ने अध्यक्ष पासवानले जानकारी गराईन् । सेवा नै धर्म हो मान्यतालाई आत्साथ गरि पशुलाई माया गर्नु पर्दछ र उनीहरुको बाच्ने अधिकारलाई पनि सुरक्षित राख्नुपर्ने धारणा पशु कल्याण संघ नेपालका केन्द्रिय कोषाध्यक्ष बिकेश श्रेष्ठले बताउनुभयो । यता मेला समितिले रंगशालामा जम्मा भएको रांगाहरुका लागि दाना, पानी, पराल र उनीहरुको चेकजाचका लागि डाक्टर सहितको टोली परिचालन गरिएको मेला मुल व्यवस्थापन समितिका महासचिव मोतिलाल कुसवाहाले जानकारी दिनुभयो ।