बलीका लागि आउने रांगा र बोकालाई चेकजाच गर्ने

आर्दशवाणी संवाददाता । बारा, १२ मंसिर । गढीमाई मेलामा आउने बोका र रांगाका कारण यस क्षेत्रका पशुधनहरुलाई कुनै प्रकारको संक्रमण नहोस भन्ने अभिप्रार्यका साथ गढीमाई मेला पशु कार्यदलले कलैयामा पत्रकारहरुलाई जानकारी दिएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बारा पर्साको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । गाई, भैसी, बख्र्रामा लाग्ने खोरेत, बाख्रामा लाग्ने पिपीआर भेकसिन लगाउने काम शुरु गरिने डा.हरेराम यादवले जानकारी दिनुभयो । वलीका लागि आउने रांगा र बोकालाई चेकजाच गर्नका लागि पशु सेवा कार्यदलले ५ ठाँउमा शिविर राख्ने जनाएका छन् । मधुवन, भुतही पुल, ईनर्वा चोक, बरियापुरको स्कुल र कबहीजब्दीमा चेकपोष्ट राखिने सो पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । वली व्यवस्थापनमा सहयोग गर्नुको साथ साथै सो क्षेत्रमा दुर्घन्दीत, संक्रमणवाट हुनबाट जोगाउनुको लागि कामकाज गर्ने डा.यादवले बताउनुभयो । असशतm भएका, खुटा टुटेको मक्रेको र रेबिज लागेको वलीलाई औषधी उपचार समेत गर्ने भएका छन् । त्यसका लागि ४ वटा गाडी सहित ३० जनाको टोली परिचालन गरिसकेको डा.रामपरिक्षण साहले भन्नुभयो । उहाँका अनुसार प्रदेश नम्बर २ सरकारले समेत औषधीको सहयोग गरेका बताएका हुन् ।