उत्तम कुमार उपाध्याय
रौतहट, ४ कार्तिक । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ८ सरमुजवा टोलमा १० जना डोम परिवारको बसोवास छ ।
ती सबै परिवारका गरेर २६ जना बालबालिका छन । उनीहरु मध्ये एउटा परिवारका २ जना बालकले मात्र विद्यालय शिक्षा हासिल गरीरहेका छन ।
बाकीका बालबालिकाहरु अझै विद्यालयको मुख देख्न पाएका छैनन् । उनीहरु घरमै खेलकुद गरेर, अभिभावकको काममा सघाएर समय बिताईरहेका छन ।
तिनका अभिभावकले पनि विद्यालय जान भन्दैनन् । अभिभावकले नै चासो नलिएपछि दलित, विपन्न परिवारका यी बालबालिकाहरु शिक्षाको प्रभावबाट उत्पन्न हुने ज्ञानको प्रकाशको अनुभूति गर्न पाएका छैनन् । समाजले निर्धारण गरेको जातिय वर्गीकरण अनुसार तराईमा सब भन्दा तलो जातीको रुपमा डोम जातीलाई चिनिन्छ । वर्षौ देखी उपला जातीले गर्दै आएको छुवाछुतको बज्रलाई सहन गर्दै आएका डोम जातीलाई दलित वर्गमा राखिएको छ । तर उनीहरुलाई दलित जातीको वर्गमा परेका दुसाद, चमार, मुसहर, धांगड, हलखोर, तात्मा लगायत जातीका परिवारले नै अझै घृणा गर्दै आएका छन । उपला जातीबाट छुवाछुत र भेदभाव भएको भन्दै संघर्ष गरिरहेका दलित समुदायका यी जातीहरुले पनि डोमलाई तल्लो जाती भनेर तिरस्कार गर्दै आएका छन । समाजमा अझै कायम रहेको छुवाछुत प्रथाको सामना गर्दै सरमुजवाका डोम समुदायका एक किशोर विगत १० वर्ष देखी विद्यालय शिक्षा हासिल गर्दै आएका छन ।
सामाजिक तिरस्कार, छुवाछुत, भेदभाव जस्ता कुरीतीलाई चिर्दै बौधीमाई नगरपालिका ८ सरमुजवाका शिवनाथ मली (डोम) अहिले १० कक्षामा अध्ययनरत छन ।
‘हाम्रो जातीका अभिभावकले शिक्षाको महत्व बुझेकै छैननु,’ उहाले भन्नु भयो, ‘अशिक्षा र गरीबीकै कारण आफ्नो जातीका बालबालिका पढ्न नपाएका हुन ।’ आफु पढीसकेपछि बाकीका डोम समुदायका बालबालिकालाई विद्यालय जान अभिप्रेरित गर्ने उहाले बताउनु भयो । अहिले आफ्नै पढाई पुरा गर्न मुश्कील परीरहेको उहाको भनाई छ ।
विभिन्न बाधा अवरोधको सामना गर्दै शंकर मावि सरमुजवामा कक्षा एक देखी ८ सम्म नियमित परिक्षामा सहभागी भई उतिर्ण भएका शिवनाथलाई पनि कोरोना संक्रमणले छोडेन । कक्षा ९ र १० को परिक्षामा सहभागी नै नभई पुरानो ग्रेडको आधारमा विद्यालयले पास गराई दिएको छ ।
कोरोनाको कारण विद्यालय बन्द भएपछि नियमित अध्ययन गर्न नपाएका उनीजस्ता धेरै विद्यार्थीहरु कक्षा तडपे पनि पढाईमा कमजोर भएको अनुभूती गरीरहेका छन ।
शंकर माविमै कक्षा १० मा अध्ययनरत किरण कुमारी यादवले कोरोनाको कारण विद्यालय बन्द भएपछि आफ्नो पुरै पढाई विग्रेको बताउनु भयो ।
‘विद्यालय बन्द भएसंगै हाम्रो पुरै शैक्षिक गतिविधी ठप्प भयो,’ उहाले भन्नु भयो, ‘विद्यालयमा पढेको कुरा समेत बिस्र्यौ, घरमा पढने माहौल नै बनेन् ।’ अनलाईन कक्षामा सहभागी हुने उपकरण मोबाईल, कम्प्युटर उपलब्ध नहुदा बन्दाबन्दीको बेला पढ्न नपाएको उहाले गुनासो गर्नु भयो ।
विद्यालय बाहेकको समयमा घरवाहिर जान नमिल्ने सामाजिक बन्धनले पनि यहाका छात्राहरुलाई पीडित बनायो ।
घरबाट करीब आधी घण्टाको साईकल यात्रा पुरा गरेर विद्यालयमा अध्ययन गर्न जादा हुने पीडा भन्दा कयौं गुना बढी कोरोना संक्रमणको कारण भएको बन्दाबन्दी पीडादायी सावित भएको बौधीमाई नगरपालिका २ ईनर्वाकी सकुन्तला दासले बताउनु भयो ।
अन्होतीलाल उच्च मावि परोहा ६ मा कक्षा १० मा अध्ययनरत दास दलित विद्यार्थी हुन । ‘घरमा खान लाउन धौं धौं पर्ने अवस्थामा पढ्नको लागी एनड्रोईड मोबाईल कहाबाट ल्याउने ?,’ उहाले भन्नु भयो, ‘हामी दलित, विपन्नको लागी अनलाईन कक्षा उपयोगी भएन, हाम्रो लागी भौतिक उपस्थितीमा संचालन भएको कक्षा नै बढी उपयोगी छ ।’ हामी जस्ता गरीब विपन्न विद्यार्थीहरुको भौतिक उपस्थितीमा संचालन भएको विद्यालयकै पढाई सरल र उपयोगी भएको उहाले बताउनु भयो ।
बौधीमाई नगरपालिका र परोहा नगरपालिकामा गरीब, दलित, विपन्न समुदायको बाक्लो बसोवास भएको शंकर मावि सरमुजवाका प्रधानाध्यापक संजय जयसवालले जानकारी दिनु भयो ।
‘राम्ररी खान लाउन नसक्ने परिवारका विद्यार्थी अनलाईन पढ्न एनड्रोईड मोबाईल कहाबाट ल्याउन सक्छन,’ उहाले भन्नु भयो, ‘विद्यालयसंग पनि अनलाईन कक्षा चलाउन सक्ने हैसियत छैन ।’ यहा अनलाईन कक्षाको माध्यमबाट विद्यार्थी पढाउने अहिलेको समयमा कल्पना गर्नु पनि मुर्खता हुने उहाको भनाई छ ।
भौतिक उपस्थितीमा कक्षा संचालन गर्न शिक्षक तथा कक्षाकोठाको अभाव झेलिरहेका विद्यालयबाट अनलाईन कक्षा संचालन गर्ने कल्पणा गर्न नसकिने अन्होतीलाल उच्च मावि परोहाका प्रचार्य सियाराम साहले बताउनु भयो ।
‘स्थानीय सरकारले पनि विद्यालयको समस्या समाधान गर्नेतिर ध्यान दिदैन,’ उहाले भन्नु भयो, ‘पटक पटक शिक्षक र भौतिक पुर्वाधार निर्माणको माग गर्दा पनि सुनुवाई भएको छैंन ।’ कोरोना संक्रमणको कारण विग्रेको पढाईलाई पुनः लयमा फर्काउन आफुहरु प्रयासरत रहेको उहाले बताउनु भयो । कोरोना संक्रमणको कारण भएको बन्दाबन्दीमा बचत भएको ६ कारोड बढी खाजाको रकमलाई रकमान्तर गरी विद्यालयमा अनलाई कक्षा संचालन गर्न उपकरण जडानको लागी खर्च गरिनु पर्नेमा शिक्षक विद्यार्थीहरुको जोड छ ।