प्रदेश नंं:-२ मा सशस्त्र प्रहरी डिआईजीको घुमुवा आतंक

रौतहट– सशस्त्र प्रहरी बल नेपाल प्रदेश नं. २ का प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक (डिआईजी) गणेश बहादुर ठाडा मगरले खटाएका घुमुवाहरुले आतंक मचाएका छन ।
भर्खरै प्रदेशको जिम्मेवारी सम्मालेका डिआईजी मगरले प्रदेश नं. २ को ८ वटै जिल्लाबाट महिनावारी संकलन गर्न ११ जना घुमुवा प्रहरी खटाएको श्रोतले जनाएको छ ।
प्रदेशको शान्ती सुरक्षा कायम गर्नको लागी होईन, आफ्नो लागी पैसा असुली गर्न उनले घुमुवा प्रहरी परिचालन गरेको श्रोतले जनाएको छ ।
डिआईजीले खटाएका घुमुवाहरुले स्थानीय व्यवापारीहरुसंग जर्बजस्ती महिनावारी असुल गरीरहेको नाम नछाप्ने शर्तमा बीरगंजका एक व्यपारीले बताए ।
‘अहिले डिआईजी, सशस्त्र प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी निरिक्षकको लागी छुट्टाछुट्टै महिनावारी दिनु परेको छ,’ ती व्यपारीले भने, ‘नेपाल प्रहरीको छुट्टै महिनावारी तिर्नु पर्छ ।’ सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङ्गमा भईरहेको तस्करीले सरकारले पाउनु पर्ने राजस्व गुमीरहेको ती व्यपारीले बताए ।
प्रदेश नं. २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी जिल्लाका सिमावर्ती चोर नाकाहरुबाट व्यापक रुपमा सेटिङ्गमा तस्करी भईरहेको श्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीका डिआईजी मगरले ८ वटै जिल्लामा सादा पोशाकमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारहरु राजुबहादुर मगर (वाहिनी पतिको अंगरक्षक), अशोक साह सोनार, राजकुमार यादव, मन्तोष कुमार सिंह, सशस्त्र प्रहरी हवल्दार आत्माराम राउत, मनोज पटेल, वशिष्ट पटेल, सहायक हवल्दार सुदर्शन बैठा, सहायक हवल्दार राजिव कुमार यादव, सशस्त्र प्रहरी जवान रोशन मिश्र, रविकान्त मिश्रलाई महिनावारी असुल गर्न परिचालन गरेको श्रोतले जनाएको छ ।