निजगढ अन्तराष्ट्रिय विमानस्थलमा सर्वोच्चको आदेशबाट नआत्तिनु मन्त्री भट्राई

काठमाण्डौ, २१ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको बारेमा सर्वोच्च अदालतको अन्तरिम आदेशबाट आत्तिनु नपर्ने बताउनु भएको छ । निजगढको बारेमा सर्वोच्च स्पष्ट हुन खोजेकाले विमानस्थल निर्माणै नगर भनेजसरी आत्तिन नहुने मन्त्री भट्टराईको भनाइ छ । निमाण हुने निजगढ विमानस्थलबाट २५ लाख रुख काट्ने भनेर हल्ला गरियो, जैविक विविधता मासिन्छ भन्ने हल्ला भयो, त्यसैले सर्वोच्चले सत्य तथ्य बुझन खोजेको हो उहाँले बताउनुभयो । पर्यटन मन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतले निजगढको बारेमा बुझ्न खोजेकाले अनुमति पाएमा आफू नै अदालत गएर बहस गर्ने बताउनुभयो । सर्वोच्च क्लियर हुन खोजेको हो, अनुमति मिले निजगढ विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफै जाने उहाँले भन्नुभयो । सर्वोच्चले छलफलमा बोलाएकोले फिल्डमा जान नमिल्ने तर आयोजनाको पूर्व तयारीका काम नरोकिने उहाँको भनाइ छ । निजगढ विमानस्थलविरुद्ध परेको रिटमा शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रवार काम अघि नबढाउन आदेश गरेको हो ।