जीतपुरसिमरा राहत बितरण

बारा, २० चैत । जितपुरसिमरा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष केदारनाथ बजगाईले कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको कारण समस्यामा परेका दैनिक ज्यालादारी गर्ने नागरिकलाई भोकभोकै मर्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाउदै राहत वितरण गरेका छन् । अध्यक्ष बजगाईले वडाको विकासे बजेट काटेर जनतालाई खाली पेट नराख्न वडामा सर्वदलीय संयन्त्र वनाई अति विपन्नको पहिचान गरि बुधबार नेपाल प्रहरीका प्रतिनिधि, सबै राजनीतिक दलका प्रतिनिधीको रोहवरमा बदाफर, कतर्वा, डाडाटोल, लामाटोल, राईटोल, मगरटोल, महेन्द्रनगर, सखुवाघाट, खयरसल्ला, डकाहा, पैनिटोल, पिलुवा, आदर्शनगर लगायतका टोलहरुमा अतिविपन्न १ सय १५ घर परिवारलाई खाद्यन्न उपलब्ध गराईएको अध्यक्ष बजगाईले बताए । दैनिक ज्यालादारी, मजदुरी गुजारा गर्दै आएका उनीहरुलाई घर घरमा पुगेर प्रति परिवार २५ के।जी चामल, २ केजी दाल, २ पोका तेल, एक प्याकेट नुन एक एक प्याकेट मिक्स मसाला वितरण गरिएको छ । वडाले वडा न.१६ टांगियाबस्तीका अतिविपन्नहरुलाई पनी चैत्र २२ गते वितरण गर्ने उनले जानकारी दिए । पहिलो चरणमा छुटेकालाई दोश्रो चरणमा वितरण गरिने योजना रहेको उनले बताए । खाद्यान्न वितरण गर्न कोरोना भाइरस (कोभिड) रोकथाम सहजीकरण तथा नियन्त्रण वडा स्तरिय समन्वय समिति वडा न.१६ का संयोजक वडा अध्यक्ष बजगांई, वडा समितिका सदस्य, वडाका कर्मचारी , प्रहरी, वडामा रहेका सर्वदलीय प्रतिनिधिहरु पुगेका थिए ।